एपोफिस एस्टेरोइड र तीन सम्भावित खतरनाक एस्टेरोइडहरू

एपोफिस एस्टेरोइड र तीन सम्भावित खतरनाक एस्टेरोइडहरू

अमेरिकी अन्तरिक्ष निकाय नासाले पृथ्वीमा ठोक्किन आइपुगेर क्षति पुर्याउने हो कि भन्ने एकप्रकारको त्रास पैदा गरेको एस्टेरोइड एपोफिसले कम्तीमा १०० वर्ष ठक्कर नदिने भन्ने हिसाब निकालेपछि पृथ्वीवासीले सन्तोषको सास फेर्न पाउने भएका छन् । सन् २००४ मा पत्ता लागेपछि नासाले एपोफिसलाई पृथ्वीका लागि एक असाध्यै खतराजन्य क्षुद्रग्रह भएको बताएको थियो ।

सन् २०२९ र २०३६ मा एपोफिस नजिकै आउनसक्ने अनुमान गरिएको थियो तर पछि त्यसो हुन नसक्ने बताइएको थियो। पछि सन् २०६८ मा खतरा हुनसक्ला भन्ने अनुमान पनि गरिएको थियो ।  तर अहिले नासाले उक्त एस्टोरोइडबारे गरेको नयाँ विश्लेषणपछि कुनै पनि प्रकारको ठक्करको सम्भावना नरहेको बताएको छ।

'सन् २०६८ मा त्यस्तो कुनै खतरा छैन हाम्रो विश्लेषणले कम्तीमा आगामी १०० वर्षसम्म कुनै खतरा छैन,' नासाका लागि पृथ्वी नजिक रहेका ग्रह र वस्तुहरूको अध्ययन गर्ने वैज्ञानिक डेभिड फार्नोचियाले एक विज्ञप्ति मार्फत भनेका छन्।

अव्यवस्था र अन्धकारका प्राचीन इजीप्टेली देवताका नाम दिइएको एपोफिस करिब ३४० मिटर ब्यासको अर्थात् यूकेको तीनवटा फुटबल पीच जत्रो रहेको छ। उक्त एस्टोरोइड हालै पृथ्वीको १ करोड १७ लाख किलोमिटर नजिक आएको थियो। त्यसैबेला खगोलशास्त्रीहरूले राडार पर्यवेक्षण मार्फत उक्त एस्टोरोइडले सूर्यलाई घुम्ने कक्षको हिसाब गर्न सफल भका थिए। त्यसैका आधारमा उनीहरूले पृथ्वीमाथि आगामी १०० वर्ष कुनै खतरा नरहेको बताएका हुन्।

फार्नोचियाले भने, 'मैले कलेज सकेर काम गर्न थाल्दा एपोफिसलाई खतराजन्य एस्टोरोइडको प्रमुख उदाहरणका रूपमा प्रस्तुत गरिन्थ्यो। अहिले त्यसलाई खतरा सूचिबाट निकाल्न पाउँदा सन्तोष महसुस भएको छ।' उनले भने, 'नासा सन् २०२९ मा एपोफिस पृथ्वीको अलि नजिक आउँदा अरू विभिन्न कुरा पत्ता लगाउने प्रतीक्षामा छ।'

फार्नोचियाले भनेको एपोफिस नजिक हुने दिन सन् २०२९ को १३ एप्रिल हुनेछ। त्यसबेला उक्त एस्टेरोइड पृथ्वीबाट ३२ हजार किलोमिटर नजिकैबाट गुज्रिनेछ। त्यो भनेको पृथ्वी र चन्द्रमाबीचको दूरीको एकका मुनि आठ भाग हो ।

सन् २०२९ मा पृथ्वीको पूर्वी गोलार्द्धमा पर्ने एसिया, अफ्रिका र यूरोपबाट देख्न सकिनेछ। त्यो देख्न टेलिस्कोप वा बाइनोकुलर आवश्यक पर्नेछैन।

नासाले पृथ्वीमा खतरा पुर्याउन सक्ने एस्टेरोइडबारे अध्ययन गरिरहन्छ। तीमध्ये तीन प्रमुख खतराजन्य एस्टेरोइड हुन् :

१९५० डीए

- यो एस्टेरोइड सन् १९५० को २३ फेब्रुअरीका दिन पत्ता लागेको थियो ।
- यो १.३ किलोमिटरको एस्टेरोइडबारे आधा शताब्दीपछि फेरि देखिएको थियो ।
- त्यसबेला वैज्ञानिकहरूले नयाँ गणना गरेका थिए ।
- यो १६ मार्च २८८० मा पृथ्वीको नजिक आइपुग्ने सम्भावना छ भनिएको छ ।
- यसले पृथ्वीलाई हान्ने झिनो सम्भावना छ, करिब ०.०१२ प्रतिशत ।

२०१० आरएफ १२

- २०१०आरएफ १२ पृथ्वीलाई हान्न सक्ने सूचीका हिसाबले सबभन्दा माथि छ ।
- पृथ्वीलाई ठक्कर दिनसक्ने सम्भावना ४.७ प्रतिशत छ ।
- यसको ब्यास ७ मिटर छ।
- यसको पहिलो असर ५ सेप्टेम्बर २०९५ मा हुन सक्छ।
- यसले हान्न सक्ने समय नजिकै भएकाले डर लागे पनि यो असाध्यै सानो भएकाले पृथ्वीका लागि धेरै ठूलो खतरा नभएको वैज्ञानिकहरू बताउँछन् ।

२०१२ एचजी २

- नासाको अनुमान अनुसार यो एस्टेरोइड सन् २०५२ को १२ फेब्रुअरीमा पृथ्वीमा ठोक्किन आइपुग्न सक्छ।
- १४ मिटर ब्यास भएको २०१२ एचजी २ ले नासाको अनुमान अनुसार सबभन्दा धेरै सङ्ख्यामा - पृथ्वीमाथि असर पार्न सक्छ त्यसैले यो नासाको अनुगमन सूचीमा छ।
- फेरि पनि यो एस्टेरोइड तुलनात्मक रूपमा सानो भएकाले यो पृथ्वीका सतहमा ठोकिएर शायद जलेर नष्ट हुन्छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.