मिक्चरमा बेरिएर मजदुरको मृत्यु

मिक्चरमा बेरिएर मजदुरको मृत्यु

जोमसोम : राष्ट्रिय गौरवको बेनी-जोमसोम -कोरला सडकअन्तरगत बेनी-जोमसोम सडकको मुस्ताङखण्डमा काम गर्ने एक मजदुरको शुक्रबार मिक्चरमा बेरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

करिडोरअन्र्तगत सप्तकोशी जलाधार कन्ट्रक्सनले ठेक्का लिएको घरपझोङ गापा -२ र ३ को मार्फा र स्याङको सडकमा सडक वालको काम गर्ने क्रममा म्याग्दी जिल्ला मंगला गापा-४ बस्ने २० वर्षीय लालबहादुर रोक्का (सुन्दर रोक्का) को मिक्चरमा बेरिएर घटनास्थलमा मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनापछि जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशिष अधिकारीसहितको घटना स्थलमा पुगेर विवरण संकलन गरी पोस्ट मार्टमका लागि जिल्ला अस्पताल जोमसोममा लगिएको छ । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.