मुस्ताङमा २० वर्षीय युवाको मृत्यु

मुस्ताङमा २० वर्षीय युवाको मृत्यु

जोमसोम : हिमाली जिल्ला मुस्ताङमा एक बेवारिसे युवाको मृत्यु भएको छ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका—३ कागबेनीमा शुक्रबार बेवारिसे भेटिएका युवाको उपचारका क्रममा जिल्ला अस्पताल जोमसोममा साँझ ६ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक आशीष अधिकारीका अनुसार जोमसोम अस्पतालमा उपचारका क्रममा नामथर र ठेगाना नखुलेको अन्दाजी २० वर्ष उमेरको मृत्यु भएको हो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृत्यु भएको व्यक्ति बिहीबार मुस्ताङ आएको र कागबेनीमा होटलमा नबसी मदिरा खाएर अर्धचेतमा अवस्थामा लडेको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेको उल्लेख गरिएको छ। प्रहरीले अर्धचेत युवालाई उपचारका लागि अस्पताल ल्याएकोमा त्यसपछि मृत्यु भएको  जनाइएको छ।

प्रहरी निरीक्षक अधिकारीले बेवारिसे युवकको शव अस्पतालको मुर्दाघरमा राखिएको र मृतकको नामथर र ठेगाना पत्ता लगाउन हुलिया परिपत्र प्रदेशमा पत्राचार गरिएको बताए। मृत भेटिएका युवा मुस्ताङमा घुम्न हो वा मजदुरी गर्ने प्रयोजनमा आएका हुन् भन्ने समेत स्पष्ट हुन सकेको छैन। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.