छैनन् नवौं तहका चिकित्सक

छैनन् नवौं तहका चिकित्सक

जोमसोम : जिल्ला अस्पतालमा नवौं तहका (एमडी) डाक्टरसहित १८ जना स्वास्थ्यकर्मीको दरबन्दी छ। अस्पताल स्थापनायता एमडीको दरबन्दी खाली छ। 

सरकारले अझै एमडी चिकित्सक खटाउन सकेको छैन। नवौं तहका डाक्टर नहुँदा सेवाग्राहीलाई प्रदान गर्ने सुविधा र नियमित कार्यसम्पादनमा समस्या भएको अस्पतालले जनाएको छ। विगतमा संघीय सरकारको स्वास्थ्य मन्त्रालय मातहत रहेको यो अस्पताल संघीयता कार्यान्वयनसँगै गण्डकी प्रदेशको सामाजिक मन्त्रालय मातहत छ। 

दुर्गम भन्दै मुस्ताङमा नवौं तहका चिकित्सक आउन नचाहेका अस्पतालका अधिकारी बताउँछन्। दरबन्दीअनुसारका जनशक्ति नभएपछि सबै काम आठौं तहका एमबीबीएस डाक्टरले गर्दै आइरहेका छन्। स्थायी दरबन्दीमा यहाँ एक जना मात्रै एमबीबीएस डाक्टर छन्। सरकारले करारमा खटाएका अन्य तीन जना डाक्टर छन्। 

अस्पतालका निमित्त मेसु शिव भण्डारीका अनुसार प्रदेशले पछिल्लो समय दुई जना अहेब र एक जना अनमीको जनशक्ति नियुक्त गरेको छ। त्यस्तै ओसीएमसी कार्यक्रममार्फत एक स्टाफनर्स र दुई जना ल्याब असिस्टेन्ट खटिएका छन्। मुस्ताङमा आर्थिक लेखा हेर्ने दरबन्दी छैन। अस्पताल प्रशासनमा सुब्बाको पद खाली छ। 

ल्याबतर्फ स्थायी र करार गरी एक÷एक जना छन् भने एक्सरेतर्फ पनि स्थायी र करार गरी दुई जना छन्। अस्पतालमा ६ जना कार्यालय सहयोगीको स्थायी दरबन्दी भए पनि प्रदेशले दुई जना मात्रै खटाएको छ। चार जना कार्यालय सहयोगी स्थानीय तह र अस्पताल व्यवस्थापन समितिले पदपूर्ति गरेको हो। 

अस्पतालको प्रशासनिक र सेवालाई प्रभावकारी बनाउन एमडी डाक्टरसहित फार्मेसीमा दुई जना, एक मेडिकल रेकर्डर, दुई जना कार्यालय सहयोगी र दुई जना सहचालक थप्नुपर्ने अस्पतालका अधिकारी बताउँछन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.