अन्ततः बिस्का जात्रा रोक्ने निर्णय

अन्ततः बिस्का जात्रा रोक्ने निर्णय

भक्तपुर : भक्तपुरको प्रसिद्ध बिस्का जात्रा रोक्ने निर्णय गरिएको छ । जसअनुसार बिस्का जात्राअन्तर्गत भैरवनाथको रथ तान्ने, लिंगो ठड्याउने तथा ढाल्ने, जिब्रो छेड्ने र सिन्दूर जात्रा रोक्ने निर्णय गरिएको हो ।

जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (डीसीसीएमसी) को आइतबार बसेको बैठकले गत वर्ष जस्तै यस वर्ष पनि बिस्का जात्रा रोक्ने निर्णय गरेको हो । गत वर्ष पनि बिस्का जात्राका सम्पूर्ण विधि विधानलाई रोकेर औपचारिकतामा मात्रै सीमित गरिएको थियो ।

जसले गर्दा कोरोना भाइरस संक्रमणकै कारण भक्तपुरको बिस्का जात्रा लगातार दुई वर्ष रोकिने भएको हो ।

बैठकले बिस्का जात्रामा हजारौं भक्तजनको सहभागिता हुने र यसले कोभिड १९ को संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुनसक्ने भन्दै बिस्का जात्रा रोक्ने निर्णय गरेको हो ।

भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले भारतमा कोभिड १९ संक्रमण दर बढेकाले त्यसबाट नेपालमा पनि जोखिम बढ्ने भएकाले जात्रा रोक्न बाध्य भएको बताए ।

अहिले कोभिड १९ को दोस्रो लहरअन्तर्गत कोरोना भाइरसको नयाँ शक्तिशाली प्रजाति आएकाले त्यसबाट जोगिन जात्रा रोक्ने निर्णयमा पुगेको स्पष्ट पारे ।

डीसीसीएमसीको निर्णयानुसार बिस्का जात्राअन्तर्गत हुने खट जात्रासमेत गर्न पाइने छैन । जसअनुसार यस वर्ष प िनगत वर्ष जस्तै बिस्का जात्रा औपचारिकतामा मात्रै सीमित गरिने प्रजिअ भट्टराईले जानकारी दिए ।

भक्तपुरमा यस वर्ष यहीं चैत २८ गतेदेखि बिस्का जात्रा सुरु हुँदै थियो । त्यसको लागि भक्तपुर नपा ५ टौमढीमा भैरवनाथ तथा भद्रकालीको रथ निर्माण अन्तिम चरणमा पुगिसकेको छ । यी दुई रथमा छानामात्रै राख्न बाँकी छन् ।

यसअघि भक्तपुर प्रशासनले बैकल्पिक उपाय अपनाएर भए पनि बिस्का जात्रा सञ्चालन गर्ने जनाएको थियो । जसअनुसार गुठी संस्थान भक्तपुर कार्यालयले भैरवनाथ तथा भद्रकालीको रथ निर्माणलाई तीव्रता दिएको थियो।

बैठकले बिस्का जात्रासँगै भिडभाड हुने गरी कुनै किसिमको कार्य नगर्न नगराउनसमेत अनुरोध गरेको छ ।

कोभिड १९ को जोखिम नियन्त्रणका लागि नेपाल सरकारबाट जारी भएको मापदण्डहरुको उल्लंघन गर्नेलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्नेसमेत बैठकले निर्णय गरेको छ ।

बैठकमा जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालसँगै प्रजिअ भट्टराई सहायक प्रजिअ मुकेशकुमार केशरी, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापा, जिल्ला समन्वय अधिकारी जगन्नाथ लामिछानेको उपस्थिति थियो ।

त्यस्तै नेपाली सेनाको सूर्यविनायकस्थित इन्द्रबक्स गणका प्रमुख सेनानी सामन्तध्वज खाँड, दुवाकोटस्थित सशस्त्र प्रहरी बल गण नं. २२ का सशस्त्र प्रहरी नायब उपरीक्षक लीलाबहादुर कार्की, गुठी संस्थान भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्य, स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारलगायतको पनि बैठकमा उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.