रोकेर राखेको बसमा आगलागी

रोकेर राखेको बसमा आगलागी

स्याङजा : पुतलीबजार नगरपालिका ६ टक्सार स्थित भित्री सडकमा रोकी राखेको बस जलेर नष्ट भएको छ। गए राती (सोमबार) १० बजे टक्सार—पोखरा भित्री सडक अन्तरगत चल्ने ग १ ख ७१६६ नम्बरको बसमा आगलागी भएको खबर पाएपछि घटनास्थलतर्फ प्रहरीको टोली पुग्दा बस जलेर नष्ट भएको प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए।  

आगलागीका बेला बसमा यात्रु कोही नभएको र आगोको कारण बारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। बिजुली तार सर्ट भइ आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ।

बस चालक पोखराका २९ वर्षीय सुभास के.सी र सहचालक १८ वर्षीय नवराज गिरी प्रहरी नियन्त्रणमा छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.