तीन दिनदेखि हराएकी बालिकाको शव भेटियो

तीन दिनदेखि हराएकी बालिकाको शव भेटियो

मुगु : शनिबारदेखि हराएकी एक बालिकाको शव भेटिएको छ। सोरु गाउँपालिका-९ कि ९ वर्षीया लक्ष्मी चौलागाईको शव मुगु कर्णाली नदीमा भेटिएको हो। 

सोरु गाउँपालिका-८ तारापानीबाट हराएको जानकारी पाएपछि प्रहरी र स्थानीयले खोजतलास गर्दा कतै फेला नपरेकी बालिकाको शव सोमबार माछा मार्न गएका स्थानीयले भेटेका हुन्। 

बालिकाको शव घरदेखि ५ सय मिटर टाढा  मुगु कर्णाली नदीमा माछा मार्न गएका स्थानीयले भेटेका हुन्। 

मुगु कर्णालीको नदीमो ढुंगामा अड्किएको अवस्थामा उनको शव भेटिएको  सोरु गाँउपालिका८ का दानबहादुर शाहीले बताए।

शव भेटिएको नजिकै आधा खाएको एउटा र सिंगो अर्को चाउचाउ भेटिएको छ। बालिकाको शव भेटिएपछि उनको हत्या भएको आशंका गरिएको छ। 

गलत नियतले बालिकाको हत्या गरेर नदीमा फालेको हुनसक्ने बालिकाका दाइ धर्मराज शाहीले बताए। 

प्रहरीले घटना शंकास्पद भन्दै एकजनालाई नियन्त्रणमा लिएको र अनुसन्धान भइरहेको प्रहरी निरीक्षक नरेश विकले जानकारी दिए। 

अनुसन्धानपछि मात्र थप जानकारी आउने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले बताए।


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.