प्रदेश प्रमुख अहिराज हिमालमा

प्रदेश प्रमुख अहिराज हिमालमा

जोमसोम : प्रदेश–२ का प्रदेश प्रमुख राजेश अहिराज अनौपचारिक भ्रमणका लागि बिहीबार मुस्ताङ आएका छन् ।उनी मनाङ हुँदै मुस्ताङ आएका हुन् । 

प्रदेश कार्यालयको सरकारी कामकाजबाट बचेको फुर्सिदिलो समय मिलाएर आफ्नै देश नजिकबाट चिन्ने÷बुझ्ने उद्देश्यले देश÷दर्शनमा निस्किने गरेको प्रदेश प्रमुख अहिराजले बताए । 

देश÷दर्शनले आन्तरिक पर्यटन प्रर्वद्धनमा योगदान पुग्ने उल्लेख गर्दै उनले भने, ‘आफ्नै देशका बारेमा जान्न÷बुझ्न र अनुभव बटुल्न नागरिक तयार हुनुपर्छ । यसो भए मात्र देशको पर्यटनमा योगदान पुग्छ ।’

हिमाल÷पहाडका नागरिक तराई र तराईका नागरिक हिमाल÷पहाड उक्लिएर आपसमा सद्भावना साट्न सकियो भने मात्र संस्कृति संरक्षणमा योगदान पुग्ने विश्वास उनले गरेका छन् । प्रदेश प्रमुख अहिराज मुक्तिनाथ दर्शन गरेर र्फिर्कने छन् ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.