लहानमा फेरि सुनचाँदी व्यवसायीको घरमा लुटपाट

लहानमा फेरि सुनचाँदी व्यवसायीको घरमा लुटपाट

सिरहा : सिरहाको लहान नगरपालिका ७ का महालक्ष्मी ज्वेलर्सका प्रोपराइटर राजेश सारडाको घरमा करिब डेढ घण्टाअघि लुटपाट भएको छ। सुनचाँदी व्यवसायी सारडाको घरबाट उनको बा १० च ९३०२ नम्बरको कार र सुनचाँदी लुटेरा समुहले लगेको जनाइएको छ।

यसअघि शनिबार राति लहान नगरपालिका-२३ मा सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्मा हत्या र लुटपाट भएको थियो। त्यस घटनाको ३६ घण्टा पनि नबित्दै लहान–७ मा फेरि लुटपाट भएको हो।

'कार नै चोरेर लगेको जानकारी आएको छ,’ इलाका प्रहरी कार्यालय लहानका डीएसपी डा. तपनकुमार दाहालले भने, ’हामी खोजबिन र अनुसन्धानमा खटेका छौँ।’

लहानमा पछिल्लो एक सातामा तीनवटा लुटपाट तथा डकैतीका घटना घटेका छन्। बढ्दो लुटपाट तथा डकैतीका घटनाले यहाँका सर्वसाधारण त्रासमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.