रचना र भुषणको 'ह्याप्पी न्यू इयर' सार्वजनिक (भिडियो)

काठमाडौं: नयाँ वर्ष २०७८ को अवसरमा गायिका रचना रिमाल र गायक भुषण खतिवडाको नयाँ गीत 'ह्यापी न्यू इयर' सार्वजनिक भएको छ ।
बसन्त लम्सालको शब्द , संगीत र सुरज श्रेष्ठको एरेन्ज रहेको गीतलाई टुवेल नोट्सको अफिसियल च्यानलबाट सार्वजनिक गरिएको हो ।
रमाइलो र घुमघामको शैलीमा तयार गरिएको यस गीतको भिडियोमा लुष बराइली, रन्जीत पौडेल, अनामिका बाराकोटी, पबित्रा चौहान र रेशम बुढाथोकीको अभिनय छ । निकेश खड्काको निर्देशनमा बनेको भिडियो बुद्द थापाको सिनेमाटो ग्राफी र विकास धमलाको सम्पादनमा तयार भएको हो ।
प्रतिक्रिया दिनुहोस !
