विश्वप्रकाशको संगीतमा स्वीकृतिको गीत ‘मिसले सोध्नु भो’ सार्वजनिक (भिडियो)
काठमाडौं : कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माकी छोरी स्वीकृति शर्माको गीत सार्वजनिक भएको छ । स्वीकृतिकै शब्द र स्वरमा तयार भएको ‘मिसले सोध्नु भो’ बोलको गीत बिहीबार सार्वजनिक भएको हो ।
गीतमा विश्वप्रकाशले संगीत भरेका छन् भने मनोहर सुनामले एरेन्ज गरेका हुन् । मिक्सिङमा भोला पौडेलले मेहनत गरेका छन् भने भिडियो निर्देशन नवल नेपालले गरेका हुन् ।
मदन काश्यप घिमिरेले छायांकन गरेको भिडियोको सम्पादन जीवन थापाले गरेका हुन् । काठमाडौं उपत्यकाकै केही विद्यालय क्षेत्रमा सुटिङ भएको भिडियोमा गायिका स्वीकृतिसँगै गीता रिजाल, शारदा लुइटेल, गोपाल घिमिरे र अन्विक्सा कटुवालले अभिनय गरेका छन् । स्वीकृति कक्षा १० मा अध्ययनरत छन् ।