मेसिनले धपाउनेछ भालु

मेसिनले धपाउनेछ भालु

जोमसोम : भालुले अन्नबाली खाइदिएर किसानलाई बर्सेनि हैरान पार्दै आएको छ। अब भने भालु धपाउन दुःख खेप्नुपर्ने छैन, मेसिन (उपकरण)को सहारा मिलेको छ।

सौर्य ऊर्जाजडित उक्त उपकरणमा अनअफ बटन छ। त्यसको स्पिकर पछाडिको भागमा नम्बर हुन्छ। भालु आउने बेला उक्त नम्बरमा फोन गर्नासाथ उपकरणबाट ५० थरीका आवाज निस्किन्छ। उपकरण बन्द गर्नुपर्‍यो भने स्पिकरपछाडि लेखिएको त्यही नम्बरमा फोर्न गर्नुपर्ने हुन्छ।   

त्यही उपकरण मुस्ताङको थासाङ—२ सौरुका किसानलाई उपलब्ध गराइएको छ। ओमविकास गौचन तथा देउकुमारी गौचन प्रतिष्ठानको आर्थिक सहयोगमा राष्ट्रिय आविष्कार केन्द्रले उक्त उपकरण उपलब्ध गराइएको प्रतिष्ठानका सचिव गौतम शेरचनले बताए। शेरचनका अनुसार यो उपकरणको मूल्य ३२ हजार रुपैयाँ पर्छ।

किसानलाई भालुले सास्ती दिँदै आएको कुरा सौरुका वडाध्यक्ष नरप्रसाद हिराचनले उठाएपछि प्रतिष्ठानले यो उपकरण उपलब्ध गराएको संस्थाका सचिव शेरचनले उल्लेख गरे। 
मुस्ताङका चिवाङ, टुकुचे, सौरु, कोवाङ, सिर्खुम, टिटी, कुन्जो र छयोलगायत गाउँमा किसानले लगाएको अन्नबाली भालुले सखाप पारिदिएपछि समस्यामा पर्दै आएका थिए। प्रतिष्ठानले उपकरण उपलब्ध गराएसँगै अन्नबाली सुरक्षित हुने अपेक्षा गरिएको छ। कार्यक्रममै उक्त उपकरण परीक्षण गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.