सिएल शर्माको गीतमा आरजु र नितेशको अभिनय (भिडियो)
काठमाडौं : थारु संस्कृति र परम्परा जोगाउन कलाकार अहोरात्र खटिरहेका छन्। जसको पछिल्लो उदाहरण हो अन्नु चौधरी र सुरज सिंह ठाकुरको स्वर रहेको डान्सिगं शैलीमा तयार भएको थारु गीत मै बन बु राजा तु बन बो रानी।
निर्देशक रामप्रसाद चौधरीको निर्देशनमा तयार भएको थारु गीत मै बन बु राजा तु बन बो रानी बजारमा आएसँगै चर्चा सुरु भएको छ। चर्चित संगीतकार सिएल शर्माको शब्द संगीत समावेश गीतमा निर्देशक चौधरीले आरजु बैजु र नितेश चौधरीलाई गज्जबसँग खुलाएका छन्। आरजु र नितेशको रोमान्सको दृश्य देख्दा जोकोहीलाई पनि नाचौँ नाचौँ लाग्छ।
शिशिर खातीको कोरियोग्राफी रहेको भिडियोमा आरजु र नितेशका अलावा सन्दिप चौधरी र बिजय चौधरीको पनि अभिनय रहेको छ। शंकल्प भुजेलको छायांकन रहेको भिडियोमा अर्जुन जिसीको सम्पादन रहेको छ। जसको निर्माताका रुपमा निरज र चंन्दी चौधरी रहेका छन्।
प्रतिक्रिया दिनुहोस !
