अस्पताल चाहर्दा-चाहर्दै एन्टिजेन पोजिटिभ महिलाको मृत्यु

अस्पताल चाहर्दा-चाहर्दै एन्टिजेन पोजिटिभ महिलाको मृत्यु

उदयपुर : एन्टिजेन पोजिटिभ देखिएका उदयपुरका एक बिरामीले सोमबार उपचार नपाएर ज्यान गुमाएका छन् । कोरोना भाइरस परीक्षणका लागि एन्टिजेन परीक्षणमा पोजिटिभ देखिएपछि विराटनगरका आधा दर्जन अस्पतालले भर्ना नलिइदिँदा उनको ज्यान गएको हो । 

आइतबार अकस्मात श्वासप्रश्वासमा समस्या देखिएपछि स्थानीय अस्पतालमा सामान्य उपचारपछि विराटनगर रिफर गरिएकी त्रियुगा नगरपालिका ५ का ३५ वर्षीया महिलाको उपचार नपाएरै ज्यान गएको हो । 

श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई एम्बुलेन्समा अक्सिजन दिएर विराटनगरस्थित गोल्डेन अस्पतालमा पुर्‍याइएको मृतकका आफन्तले बताएका छन् । ' विरामी लैजानसाथ एन्टिजेन परीक्षण गरियो, तत्काल पोजिटिभ देखियो,'उनले भने, 'विरामीको अवस्गा गम्भीर छ, मेडिकल कलेज लैजानुस् भन्नु भयो चिकित्सकले ।'

चिकित्सको सुझाबअनुसार विराट मेडिकल कलेज पुर्‍याइएको तर त्यहाँ पनि एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखिएपछि चिकित्सकले भर्ना नगरी फर्काइदिएको उनले बताए ।  एकले अर्कोलाई मौखिक रेफर गर्न थालेपछि लगेको एम्बुलेन्समा अक्सिजन सकिएको र अर्को एम्बुलेन्समार्फत म्याक्स अस्पताल, विराटनर्सिङ्ग होम, नोवेल अस्पतालहुँदै कोसी अञ्चल अस्पताल पुर्‍याए  पनि कसैले भर्ना नलिएको उनले बताए । 

कोसी अञ्चल अस्पतालमा आइसोलेसनमा भर्ना गरेको तर चिकित्सकले उपचारमा आनाकानी गरेपछि विरामीको बिहान मृत्यु भएको उनले बताए । उपचार नै नपाइ विरामीको मृत्यु भएपछि आफन्तहरु आक्रोशित छन् ।

अस्पतालका प्रमुख डा. चुमनलाल दासले पीसीआर परीक्षण गर्न नै नपाइ बिरामीको मृत्यु भएकाले कोरोना हो भन्ने एकिन नभएको बताए । उनले बिरामीको अवस्था आउँदै नाजुक भएकाले बचाउन नसकिएको बताए।

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेढाईले घटनाबारे अहिलेसम्म केही जानकारी नभएकाले कोरोनाबाट मृत्युबारे पुष्टि गरेनन् । उनले भने, 'अहिलेसम्म कसैले  खबर गरेको छैन्, यदि कोरोना हो भने शव व्यवस्थापनको पाटो हामीबाटै हुन्छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.