मंगल ग्रहमा नासाको सानो हेलिकोप्टर उडान सफल

मंगल ग्रहमा नासाको सानो हेलिकोप्टर उडान सफल

अमेरिकी अन्तरिक्ष निकाय नासाले मंगल ग्रहमा एउटा सानो  हेलिकोप्टर सफलतापूर्वक उडाएको छ। इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो । तर नासाले त्यसलाई एउटा विमानमार्फत् अर्कै विश्वबाट पहिलो पटक नियन्त्रित र सञ्चालित उडान गरिएको बताएको छ । त्यसको पुष्टि मंगल  ग्रहस्थित एउटा भू-उपग्रहमार्फत् आएको हो जसले पृथ्वीमा उक्त  हेलिकोप्टरको डेटा पठाएको थियो ।

अन्तरिक्ष निकायले आउँदा दिनमा थप उत्साहप्रद उडानहरू गर्ने वाचा गरिरहेको छ । इन्जेन्युएटीलाई अझ लामो र उचाइमा उडान गर्न आदेश दिइने छ किनकि इन्जिनियरहरू प्रविधिको सीमितताको परीक्षण गर्न चाहन्छन्। उक्त हेलिकप्टरलाई नासाको पर्सिभिअरन्स रोभरले बोकेर मंगल ग्रह पुर्याएको हो ।

पर्सिभिअरन्स रोभर गत फेब्रुवरीमा रातो ग्रहको जेजेरो क्रेटरमा अवतरण गरेको थियो । 'अब हामीले अर्कै ग्रहमा मानिसले हेलिकप्टर उडाएको भन्न सक्छौँ,' नासाको इन्जेन्युएटी परियोजनाकी प्रबन्धक मीमी अङ्ले खुशी व्यक्त गर्दै भनिन्, 'हामीले लामो समयदेखि मंगल ग्रहमा 'राइट ब्रदरको समय' बारे कुरा गर्दै आएका थियौँ, र त्यो यही हो।'

विलबर र ओर्विल राइटले पहिलो पटक पृथ्वीमा सन् १९०३ मा नियन्त्रित र यन्त्रचालित विमान उडाएका थिए।

इन्जेन्युएटीले ११७ वर्षअघि नर्थ क्यारोलाइनाको किटी हकमा ऐतिहासिक उडान गरेको उक्त विमान फ्लाएर १ को एउटा पङ्खाको सानो नमुना पनि बोकेको थियो।

नासाका विज्ञ प्रमुख डा. थोमस जर्बुकनले भने, 'यसले हामीले पहिले प्रयोग गर्न नसकेको उपकरण लगिरहेको छ र बक्समा राखिरहेको छ। यो हाम्रो सबै अभियानको निम्ति उपलब्ध छ। त्यसैले यो मेरो निम्ति व्यक्तिगत रूपमा र सम्पूर्ण समुदायको निम्ति निकै उत्साहप्रद हो, यसले नयाँ ढोकाहरू खोल्छ।' उनलाई रोभर प्रयोग गर्न नसकिने अवस्थाको विकल्प खोज्न सक्षम हुने विश्वास छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.