मुस्ताङ भित्रिने पर्यटकलाई अनिवार्य मास्क

मुस्ताङ भित्रिने पर्यटकलाई अनिवार्य मास्क

जोमसोम : हिमाली जिल्ला मुस्ताङ कोरोनामुक्त छ । मुस्ताङलाई कोरोनामुक्त कायम राख्न जिल्ला भित्रिने पर्यटकलाई ट्राफिक प्रहरीले मास्कअनिवार्य गराइएको छ ।जिल्ला प्रहरी कार्यालय मुस्ताङको निर्देशनमा जिल्ला ट्राफिक कार्यालयले सवारी साधन मार्फत जोमसोम आइपुगेका प्रत्येक पर्यटकलाई मास्क अनिवार्य गराएको छ ।

जिल्ला ट्राफिक कार्यालयले सवारी साधनमा यात्रा गर्ने पर्यटकले मास्क प्रयोग गरे वा नगरेको सोको नियमित अनुगमन गर्ने गरेको जिल्ला ट्राफिक कार्यालय मुस्ताङका इन्चार्ज बिष्णुबहादुर नेपालीले जानकारी दिए ।

उनका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गइरहेकाले मुस्ताङलाई पनि यसले प्रभावित तुल्याउन सक्ने भन्दै कोरोना मुक्त मुस्ताङमा‘मास्कलगाउ’ अभियान सुरु गरिएको हो । 

जोमसोम आइपुगेका पर्यटकले यदी माक्सको प्रयोग नगरी यात्रा गरेको पाइएमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले नमस्कारसहित यात्रुलाई माक्सको प्रयोग गर्न अनुरोध गर्ने गरेको ट्राफिक इन्चार्ज नेपालीले बताए । उनले सवारी यात्राको क्रममा रहेका यात्रुसँग मास्क उपलब्ध नभएमा नजिकैको पसलमा खरिद गर्न सहजीकरण गर्ने गरेको उनको भनाइ छ ।

हिउँदयामको अन्त्यसँगै हिमाली जिल्ला मुस्ताङमा पर्यटकको चहल/पहल बढेको छ । बशन्त्रऋतुको आगमन तथा अनुकुल मौसमका कारण दिनहु सयौंको संख्यामा आन्तरिक पर्यटक मुस्ताङ आउने गरेको पाइएको हो । 

यस्तै ,आशिंक भारतीय तथा फरेनर पर्यटक मुस्ताङ भित्रिने गरेको अन्नपूर्ण संरक्षणक्षेत्र आयोजना ( एक्याप) चेकपोस्टले जनाएको छ । पछिल्लो समय नेपालमा कोरोना भाइरसको जोखिम बढिरहेको भएपनि मुस्ताङमा भने सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेको पाइएको छैन ।

मुस्ताङको पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर दर्शन तथा स्नान गर्न आउने तिर्थालुलाई कोरोना संक्रमण रोकथाम गर्न स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नका लागि कुनै नियम लागु गर्न नसकेको स्थानीयको गुनासो छ । 

यस्तै ,मुस्ताङको होटल तथा रेष्टुरेन्ट व्यवसायीले समेत कोरोना रोकथामका लागि कुनै सावधानी अपनाएको पाइदैन । छिमेकी देश भारत र तराईका जिल्लामा कोरोना संक्रमण तित्र्र गतीमा बढेको बेला मुस्ताङमा कोरोनाको जोखिम बढेको हो ।

ट्राफिक राजश्वमा अपेक्षाकृत सुधार

हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष २०७७/०७८ मा ट्राफिक राजश्व संकलनमा अपेक्षाकृत सुधार आएको जनाइएको छ । चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ट्राफिक कार्यालय मुस्ताङले ७ सय ९४ सवारी साधनलाई कारवाही गर्दा ५ लाख ५९ हजार ५ सय राजश्व संकलन गरेको ट्राफिक इन्चार्ज बिष्णुबहादुर नेपालीले जानकारी दिए । 

कोरोना महामारी अघि आर्थिक वर्ष २०७५/०७६ मा ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई दण्ड जरिवाना गर्दा १५ लाख ९५ हजार राजश्व संकलन भएको थियो । तर,आर्थिक वर्ष २०७६/०७७ मा भने कोरोना कहरका कारण ४ लाख ९८ हजार मात्र राजश्व उठेको ट्राफिक कार्यालय मुस्ताङले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.