ट्याक्टर दुर्घटनामा एकको मृत्यु, १ घाइते

बाजुरा : बाजुराको बुढिगंगा नगरपालिका १ को बल्दे नजिकैमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । मृत्यु हुनेमा अछामको मेल्ललेख गाउँपालिका १ का नितज बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदनजित महराले जानकारी दिए।
ट्याक्टरमा रहेका अर्का एकजना बाजुराको त्रिवेणी नगरपालिका १ छताराका कृष्ण बुढा घाइते भएको प्रहरी प्रमुख महराले बताए । बाम्काबाट मार्तडी आउँदै गरेका ट्याक्टर मालिकारमेश बुढाको से १ च ३१७९ नम्बरको ट्याक्टर सोमबार दिउँसो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सो ट्याक्टरका चालक कैलालीका बिजय चौधरीलाई प्रहरी नियन्त्रणमा लिइसकेको छ। चालक चौधरीको लाइसेन्स समेत नभएको पाइएको प्रहरी प्रमुख महराले बताए। वर्षाको समयमा भत्केको साफे मार्तडी सडकखण्डअन्तर्गत बल्देदेखि रडे खोलासम्म सडक सुधार नभएका कारण जोखिम मोलेर यतायात सञ्चालनमा छन्।
प्रतिक्रिया दिनुहोस !
