फ्लोर क्रस गर्ने कर्णाली प्रदेशका चार सांसद पदमुक्त

फ्लोर क्रस गर्ने कर्णाली प्रदेशका चार सांसद पदमुक्त

सुर्खेत : फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने कर्णाली प्रदेशसभाका चारजना सांसद पदमुक्त भएका छन् । प्रदेशसभाको सोमबार बसेको बैठकमा सभामुख राजबहादुर शाहीले चारजनाको पद रिक्त भएको जानकारी गराएका छन्।

पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरेका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापा पदमुक्त भएका हुन् । चारैजना एमालेबाट निर्वाचित सांसद हुन। चारैजनाले वैशाख ३ गते पार्टीको ह्विप विपरीत कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका थिए । 

मुख्यमन्त्री शाहीले मन्त्रिपरिषद पुनरगठन गर्दै एमालेको ह्वीप उलंघन गर्दै फ्लोर क्रस गरेका चारजना सांसदमध्ये तीनजनालाई मन्त्री बनाइएका थिए। एमालेका सांसद अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई मन्त्रीको जिम्मेवारी दिएका थिए।

मुख्यमन्त्री शाहीले अमरबहादुर थापालाई भौतिक पूर्वाधार विकासमन्त्री, नन्दसिंह बुढालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र कुर्मराज शाहीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीको जिम्मेवारी दिएका थिए। ज्वालालाई भने कुनैपनि जिम्मेवारी दिएको छैन।

सांसदहरु पदमुक्त भएसँगै ४० सदस्यीय कर्णाली प्रदेशसभा सांसदको संख्या ३५ मा झरेको छ । सभामुखसहित एमालेका १६, माओवादीका १२, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.