भारतमा कोरोना खोपको अभाव अझै केही महिना लम्बिने

भारतमा कोरोना खोपको अभाव अझै केही महिना लम्बिने

विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी सीरम इन्स्टिट्यूट अफ इन्डियाका प्रमुखले कोभिड खोप अभाव हुनुमा भारत सरकार जिम्मेदार भएको बताएका छन्। आदर पूनावालाले बिटेनको पत्रिका द फाइनान्शल टाइम्ससँग भारत सरकारले आफ्नो कम्पनीसँग मार्च महिना हुँदासम्म ठूलो संख्यामा खोप बनाउन नभनेको बताएका हुन्।

मार्च महिनासम्म भारतमा कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भइसकेको थियो।

कोभिशील्ड खोप बनाउने कम्पनीका प्रमुख भन्छन्, 'सरकारले ढिलो भन्यो, अभाव केही महिना लम्बिन्छ’ ।

पूनावालाका अनुसार उनको कम्पनीलाई सुरुमा दुई करोड १० लाख अक्सफर्ड-आस्ट्राजेनेका खोप मात्रै बनाउन भनिएको थियो। सीरम इन्स्टिट्यूटले भारतमा उत्पादन गरेको खोपको नाम कोभिशील्ड राखिएको छ।

कोरोना भाइरसको महामारीका कारण भारतमा अस्पताल बिरामीले भरिएका छन्, मेडिकल अक्सिजनको अभाव छ र मृतकको अन्तिम संस्कार गर्ने स्थानहरूमा भारत थेग्न नसक्ने अवस्थामा पुगेका छन्। अहिले देखिएको खोपको अभाव जुलाई महिनासम्म रहने पूनावालाले चेतावनी दिएका छन्।

आस्ट्राजेनेका खोप उत्पादन गर्ने भारतको सीरम इन्स्टिट्यूटले खोप उत्पादन ब्रिटेनसहित अन्य देशमा पनि विस्तार गर्ने योजना गरिरहेको छ ।

भारतले संक्रमितको संख्या घटिरहेको अवस्था र अलि धेरै आशाका बीच गत ज्यानवरीमा खोप अभियान सुरु गरेको थियो। भारत सरकारले जुलाईसम्म २५ करोड जनसंख्यालाई खोप लगाउने महत्त्वाकाङ्क्षी लक्ष्य राखेको छ। तीमध्ये धेरैजसो खोप सीरमले उपलब्ध गराउनुपर्नेछ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को योजनाअनुसार भारतले आवश्यक रहेका देशहरूमा खोपको निर्यातसम्म गरेको थियो। तर तीन महिनायता कोभिड–१९ बाट संक्रमित र मृत्यु हुनेको संख्या देशभरि बढिरहेको छ। एक अर्ब ४० करोड जनसंख्या रहेको भारतमा अहिलेसम्म दुई करोड ६० लाख मानिसहरूले दुवै मात्रा खोप लगाइसकेका छन् भने १२ करोड ४० लाखले खोपको पहिलो मात्रा मात्रै लगाएका छन्। 

आफ्नै देशमा संक्रमितको संख्या बढ्न थालेको र खोपको माग बढेपछि सरकारले अन्य देशमा निर्यात गर्दै आएको खोपमाथि रोक लगाएको थियो। भारत सरकारले मे १ तारिखदेखि १८ वर्षमाथिका सबैलाई खोप लगाउने अभियान थाले पनि थुप्रै राज्यले पर्याप्त खोप नभएको बताउँदै आएका छन्। यसबारे कसैलाई पनि थाहा छैन। अहिले बाँकी खोपले केही धाने पनि अभाव भने जारी रहने देखिन्छ ।

भारतले रुसबाट पनि खोप आयात गर्दैछ तर त्यो जुन महिनामा वितरण गर्न थालिने अपेक्षा गरिएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.