अमेरिकामा गुञ्जिए बुद्धवीर

अमेरिकामा गुञ्जिए बुद्धवीर

काठमाडौंं : अमेरिकामा गीतकार बुद्धवीर लामाको एकल साँझ सम्पन्न भएको छ। ‘बुद्धवीर लामा दसौं गीतिमय साँझ– २०२१’ नामकरण गरिएको कार्यक्रम पेन्सिलभेनिया राज्यको ह्यारिसबर्गमा आयोजना भएको थियो।

दर्शकले भरिभराउ र सांगीतिक माहोलमा आयोजित कार्यक्रममा लामाको रचना रहेका दर्जन गीत विभिन्न कलाकारले प्रस्तुत गरेका थिए। यमु राईले ‘धोखा दियौ तिमीले’ र ‘लालीगुराँस अजम्बरी’ गीत प्रस्तुत गरेका थिए। 

यसैगरी टीका लामिछानेले ‘खोटाङ हलेसी’ र ‘कतिमाया लाग्छ रिमै’, मनोज ढकालले ‘बादलुको घुम्टोले’, जितेन्द्र गिरीले ‘सबै कुराभन्दा नि पैसै ठूलो छ’, निर्मल गुरुङ र रुकु ढुंगानाले ‘आज हाम्रो भेट भाको दिन’, प्रेम गुरुङले ‘चलेछ बतास सुस्तरी’, रुकसमणि ढुंगानाले ‘चोली राम्रो पाल्पाली ढाकाको’ लगायतका गीत प्रस्तुत गरेका थिए।

गीतकार लामालाई नेपाली १७ लाख ९५ हजार २ रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको कार्यक्रममा गीतकार धन लोप्चनले लामाको सम्मानमा उनका रचनावाचन गरेका थिए।
करिब तीन घण्टा चलेको कार्यक्रममा नेपाली भाषी भुटानी अमेरिकन नागरिकको बाक्लो उपस्थिति थियो।

लामाका यसअघि काठमाडौंमा आठपटक तथा झापामा एकपटक एकल साँझ आयोजना भएको थियो। यसअघि कार्यक्रमबाट उठेको रकम खर्च कटाएर वृद्धाश्रम र बाल अनाथालयलाई प्रदान गर्दै आएका लामाले अमेरिकामा सम्मानबाट पाएको रकमबाट जन्मथलो इलामको बौद्धधाममा म्याराथन दौड आयोजना गर्ने बताए।

‘विदेशमा गीतकारलाई बोलाएर एकल सांगीतिक कार्यक्रम गर्न थालिएको छ। यो खुसीको कुरो हो’, लामाले भने, ‘यसले म मात्र होइन, सम्पूर्ण गीतकारलाई हौसला मिलेको छ।’ करिब चार दशकदेखि गीत लेखनमा क्रियाशील लामाका सयौं गीत लोकप्रिय छन्। म्याराथन धावकसमेत रहेका लामाको दसौं एकल साँझको आयोजक समितिमा मुक्तिराज गुरुङ, निर्मला सापकोटा गुरुङ, अर्जुन गुरुङ, दीपा गुरुङ, रत्न गुरुङ र रन राई थिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.