बाजुरामा भोलिदेखि निषेधाज्ञा

बाजुरामा भोलिदेखि निषेधाज्ञा

बाजुरा : कोरोना भाइरस संक्रमण दिनप्रतिदिन फैलिएसँगै रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा वैशाख २२ गतेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताए।

कोरोना भाइरस महामारीका कारण जोखिम बढ्दै गएकाले सोमबार बसेको कोभिड १९ संकट व्यवस्थापन समितिको निर्णयअनुसार बाजुरामा निषेधाज्ञा लागू गरिने भएको हो।

बुधबार बिहान ५ बजेदेखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निणर्य गरिएको सहायक प्रमुख जिल्ला अधिकारी समिर भण्डारीले बताएका छन । 

एकैदिन ३० जनामा कोरोना संक्रमण

जिल्ला अस्पताल प्रयोगशालामा ९१ जनाको कोरोना परीक्षण गर्दा मंगलबार ३० जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । जिल्ला अस्पतालको प्रयोगशालामा एन्टिजेन विधिबाट परीक्षण गराउँदा ३० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त कार्यालय प्रमुख महेश चन्दले जानकारी दिए।

संक्रमित हुनेमा बडिमालिका नगरपालिकामा १५ जना, बुढिनन्दा नगरपालिकामा ५ जना, हिमाली गाउँपालिकामा ६ जना, त्रिबेणी नगरपालिका २ जना र गौमुल गाउँपालिकामा २ गरी ३० जनामा कोरोना संक्रमण देखिएको कार्यालय निमित्त प्रमुख चन्दले बताए। बाजुरामा जम्मा संक्रमितको संख्याख ९७ पुगेको छ । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.