रोल्पामा एकैदिन २६ जनामा संक्रमण, संक्रमितको संख्या १२६ पुग्यो

रोल्पामा एकैदिन २६ जनामा संक्रमण, संक्रमितको संख्या १२६ पुग्यो

रोल्पा : रोल्पा नगरपालिकाले जिल्लाको सदरमुकाम लिबाङमा ५० वेडको आइसोलेसन सेन्टर संचालनमा ल्याएको छ । पूर्वसभामुख एवं संघीय सांसद कृष्णबहादुर महराले सेन्टरको बुधबार उद्घाटन गरे ।

नगरपालिकाले सहिद प्रतिष्ठान भवनमा आइसोलेसन निर्माण गरेको हो । पूर्वसभामुख महराले सेन्टरको उद्घाटन गर्दै बढ्दो कोरोना संक्रमणबाट जोगिन सबैले सावधानी अपनाउन जरुरी रहेको बताए। प्रतिष्ठानको दुईतले भवनमा ५० वेड तयारी राखिएको मेयर पूर्ण केसीले बताए । सेन्टरमा डाक्टरसहितको स्वास्थ्यकर्मी रहनेछन् । 

रोल्पा अस्पतालका मेडिकल अधिकृत प्रकाशबहादुर बुढाथोकीका अनुसार नगर आइसोलेसन सेन्टरमा अक्सिजनसहित सेवा व्यवस्थापन गरिएको छ । सानाठूला गरी पाँचवटा अक्सिजन सिलिन्डर जडान गरिएको छ । अस्पतालमा उपलब्ध अक्सिजन सिलिन्डर जडान गरिसकेका छौँ,' डाक्टर बुढाथोकी भन्छन्,'संक्रमितको चाप बढ्यो भने अक्सिजन सिलिन्डर अभाव हुन्छ । त्यसका लागि थप अक्सिजन सिलिन्डरको जोहो गर्न आवश्यक छ ।'

नगर प्रमुख केसीले पूर्व उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनसँग स्वास्थ्य सामाग्रीको माग गरेको बताए।  माओवादी केन्द्रको नेता समेत रहेका पुनले स्वास्थ्य सामग्री पठाउने आश्वासन दिइसकेको बुझिएको छ ।

स्थानीय तहले कम्तीमा एकवटा आइसोलेसन सेन्टर बनाउने सरकारी निर्देशन नैछ । नगरले निर्माण गरेको सेन्टरको महत्त्व जिल्ला स्तरकै भएको बताइएको छ । समुदायस्तरमै फैलिएको कोरोनाबाट संक्रमित घरमै बसिरहेका छन् ।

संक्रमितलाई स्वास्थ्यमा जटिलता आएमा कम्तिमा अक्सिजनसहित उपचार गर्ने गरी नगर आइसोलेसनलाई विकास गर्नमा लुम्बिनी प्रदेश सांसद दिपेन्द्र कुमार पुनले जोड दिएका छन्  । उनले रुन्टिगढी गाउँपालिका कार्यपालिकाका कोरोना संक्रमित एक सदस्यको अक्सिजन लेवल कम भएको समेत जनाए । 

जिल्लाका ९ गाउँ पालिकाले पनि पालिकास्तरमा आइसोलेसन सेन्टर स्थापना र संचालना जोड दिएका छन् । तर, सेन्टर अक्सिजन सिलिन्डरविहीन छन् । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले कोरोना संक्रमितको कन्ट्याक्ट् ट्रेसिङ गरी स्वाब संकलनमा जोड दिन स्थानीय तहसँग समन्वय गरिरहेको जनाए । 

जिल्ला स्वास्थ्य प्रमुख नोखराज पोख्रेलले आवस्यक स्वास्थ्य सामग्री जोहोमा खटिएको जानकारी दिए । एन्टिजेन्ट टेष्ट कीट, भिटिएम, अक्सिजन सिलिन्डर र पीपीई सेट तत्कालै आवश्य छ । 

जिल्लामा कोरोना संक्रमण जोखिम बढेकाले बुधबार बिहानबाट निषेधाज्ञा गरिएको छ । यहाँ सक्रिय संक्रमित १ सय २४ जना पुगेका छन् । अघिल्लो दिनसम्म ९८ जना संक्रमित रहेकोमा बुधबार मात्र २४ जना संक्रमित थपिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.