निफको चौथो संस्करण सुरु

निफको चौथो संस्करण सुरु

काठमाडौं : 'विश्वका कथाहरूको उत्सव’भन्ने नाराका साथ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को चौथो संस्करण बिहीबारबाट सुरु भएको छ।

नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने निफको उद्देश्य रहेको निफको जुममार्फत कार्यक्रमको उद्घाटन भएको छ। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठान तथा निफका अध्यक्ष केपी पाठकको अध्यक्षतामा सम्पन्न भएको  कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले फिल्म महोत्सवले विभिन्नि देशबीच आत्मीय सम्बन्ध राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

कोरोना महामारीको बीचमा यो चलचित्र महोत्सवको विभिन्न प्यानलमा गहन छलफल गरी नेपाली चलचित्र, बजार  र समाजबारे  ठोस निचोड निकाल्न आग्रहसमेत उनले गरे। कार्यक्रमका विशेष अतिथिका रूपमा राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुँयालले निर्फजस्ता अन्तर्राष्ट्रिय चलचित्रम होत्सवले चलचित्रको माध्यमबाट नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वसामु प्रचार गर्ने र  देशभित्र पनि धेरै रोजगारी सिर्जना गरेको हुँदा यो क्षेत्रलाई सरकारी योजनाभित्र पार्न सक्दो पहलगर्ने प्रतिबद्धता व्यक्त गरे। 

कार्यक्रममा अन्तर्राष्ट्रिय फिल्म सोसाइटी फेडरेसनका अध्यक्ष पोर्चुगलका ज्वाओ पाउलो मसेदोले निफको अघिल्लो कार्यक्रममाआफू जुरी रहेको हुँदा नेपाली चलचित्रहरू आफूले नजिकैबाट बुझेको बताए।

भर्चुअल संस्करणमा  भारतीय चलचित्र क्षेत्रका लेखक, निर्माता, अभिनेता र सम्पादक अनुराग कश्यपले आफ्नो अनुभव सुनाएका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.