यस्तो छ ताराको ‘तस्बिर’
काठमाडौं : गीतकार तारा अधिकारीले आफ्नो तेस्रो एल्बमको नाम ‘तस्बिर’ राखेकी छन्। उनको पहिलो एल्बम सपना र दोस्रो एल्बम सुनौलो तारा हो।
तस्बिर एल्बममा गुलेलीमा, पराइको सिन्दुर, पछ्यौरी र लाली ओठैमा गीत समावेश छन्। गुलेलीमा बोलको गीतमा किरण भुजेल र मेलिना राईको स्वर, दीपक शर्माको संगीत र साहस शाक्यको संगीत संयोजन छ। पराइको सिन्दुरमा नरेन्द्र प्यासीको स्वर र संगीत तथा विनोद भुजेलको संगीत संयोजन छ भने पछ्यौरीमा बुद्ध लामा र बेनिशा पौडेलको स्वर, दीपक शर्माको संगीत र नरेन्द्र वियोगीको संगीत संयोजन छ।
त्यस्तै लाली ओठैमा गीतमा स्वरूपराज आचार्य र रचना रिमालको स्वर तथा राजनराज शिवाकोटीको संगीत र उदयराज पौडेलको संगीत संयोजन छ।
कोरोना महामारीका बीचमा उनले तेस्रो एल्बम तस्बिरलाई आफ्नै आमाबुबा गौरी अधिकारी र खिला शर्मा अधिकारीको हातबाट सुनौलो तारा युट्युब च्यानलमा सार्वजनिक गरिन्।
एल्बममा समावेश सबै गीतको म्युजिक भिडियो सुनौलो तारा युट्युब च्यानलमा छ। गुलेलीमा, पछ्यौरी र पराइको सिन्दुर गीतको भिडियो शान थापाले निर्देशन गरेका छन्। लाली ओठैमा गीतको भिडियो रमेश थापाको निर्देशनमा तयार भएको छ।