‘धारै नखोली’ कहाँ गाग्री भरिन्छ र ?... (भिडियो)

काठमाडौं : विधान कार्कीको निर्देशनमा ‘धारै नखोली’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। नेपाली चलचित्र क्षेत्रका तीन सफल कलाकारहरू नायिकाद्वय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडियोमा देखिएका छन्।
गायक रोशन अधिकारी र गायिका समीक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी सफल कलाकारलाई फिचरिङ गरिएको हो।
भिडियोमा अमेरिकामा बस्ने गायक रोशनले पनि अभिनय गरेका छन्। यो गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत र संगीत संयोजन रहेको छ। सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ। विधानले डान्सिङ नम्बरमा कलरफुल भिडियो तयार पारेका छन्। रिलिज भएको केही घण्टामै भिडियोले युटयुबमा दर्शकको राम्रो साथ पाएको छ।
प्रतिक्रिया दिनुहोस !
