विरेन्द्र बजारमा आगलागीबाट करोड बढीको क्षति

विरेन्द्र बजारमा आगलागीबाट करोड बढीको क्षति

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका–८ वीरेन्द्र बजारमा आइतबार बिहान विद्युत सर्ट भइ आगलागी हुँदा पाँचवटा घरपसल जलेर नष्ट भएका छन् । स्थानीय भरत रार्ईको घरमा विद्युत सर्ट भइ आगलागी हुँदा छिमेकी शिशिर राई, बादलविक्रम राई, पदमकुमारी मगर र कृष्ण मगरको घरपसल जलेर नष्ट भएको हो । आगलागीबाट दुईवटा मोटरसाइकल र एकवटा ट्याक्टरमा क्षति पुगेको छ । 

जिल्ला प्रहरी कार्यालयका एसपी भीमबहादुर दाहालका अनुसार केशव वयलकोटीले पार्किङ्ग गरी राखेको स.८.प. २७२५ र लालबहादुर राईको वा.३.प.८४८० नम्बरको मोटरसाईकल र को.२.त. ८२३० नम्बरको ट्याक्टर समेत आंशिक जलेका छन् । 

जिल्ला प्रहरी कार्यालयका एसपी भिमबहादुर दाहालका अनुसार मोटरसाइकल र ट्याक्टरको ९ लाख क्षतिसहित १ करोड २० लाख बराबरको धनमालमा क्षति पुगेको छ । बिहान ४:१५ बजे सुरु भएको आगलागी स्थानीय बासिन्दा, चौदण्डीगढी नगरपालिकको वारुण यन्त्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा ३ घण्टापछि नियन्त्रणमा आएको उनले बताए ।

समयमा प्रहरी वारुण यन्त्र पुगेकाले बजारमा थप क्षति हुनबाट जोगाएको उनले बताए । पाँच घरका ७ परिवारको लत्ताकपडा, गरगहना, अन्नपात, फर्निचर, टिभी, फ्रीज लगायतका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.