स्याङ्जामा कोरोनाबाट थप दुईजनाको मृत्यु

स्याङ्जामा कोरोनाबाट थप दुईजनाको मृत्यु

स्याङजा : कोरोना भाइरस संक्रमणबाट स्याङ्जाका २ जनाको मृत्यु भएको छ।  दुबैजना संक्रमितको उपचारका क्रममा निधन भएको हो। वालिङ नगरपालिकाका एक पुरुष र गल्याङ नगरपालिकाका एक महिलाको कोरोना उपचारका क्रममा शनिबार मृत्यु भएको प्रादेशिक कार्यालय पोखराले जनाएको छ।

वालिङ्का ३ का ४५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारका क्रममा मृत्यु भएको हो। उनलाई २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो। यसैगरी, गल्याङ नगरपालिका ३ का ६० वर्षीया महिलाको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा निधन भएको हो। ती महिलामा २० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

योसँगै दोस्रो चरणको कोरोना संक्रमणका कारण स्याङजामा ७ जनाको मृत्यु भइसकेको छ। जिल्लाका संक्रमितको संख्या ४ सय ७१ रहेको स्वास्थ्य कार्यालय प्रमुख बिष्णुप्रसाद सुवेदीले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.