गण्डकीमा संसदीय नेतालाई नसोधी राजमो सचेतकको ह्विप

गण्डकीमा संसदीय नेतालाई नसोधी राजमो सचेतकको ह्विप

पोखरा : आफ्नो नेतृत्वमा प्रदेश सरकार गठनका लागि कांग्रेसले राष्ट्रिय जनमोर्चाको साथ खोजिरहेका बेला उक्त पार्टीकी सचेतक पियारी थापाले सांसदहरुलाई ह्विप जारी गरेकी छन्। थापाले आफ्ना संसदीय दलका नेता कृष्ण थापा र अर्का सांसद खिमविक्रम शाहीलाई सोमबार पत्र लेख्दै कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गर्नका लागि प्रदेश प्रमुख समक्ष प्रस्तुत गर्ने दाबी अनिवार्य रुपमा हस्ताक्षर गर्न ह्विप जारी गरेकी हुन्। 

थापाले उक्त ह्विप सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्। उनले भनेकी छन्, ‘ह्विप तपाईंहरुको इमेल ठेगाना, फेसबुक मेसेन्जर, संसदीय दलको सूचनामा टाँस गरिएको र हुलाकद्वारा तपाईंहरुको ठेगानामा समेत पठाइएको जानकारी गराइन्छ।’ 
सचेतक पियारी थापाले अरु दुई सांसद कृष्ण थापा र खिमविक्रम शाहीको नाममा २ वटा छुट्टाछुट्टै पत्रमार्फत ह्विप जारी गरेकी हुन्। तर यसबारे संसदीय दलका नेता कृष्ण थापाले कुनै प्रतिक्रिया जनाएका छैनन्। 

२ सांसद कांग्रेसको पक्षमा छैनन् भने सचेतक थापा खुलेरै कांग्रेसको सरकार बनाउन कस्सिएकी छन्। ३ सांसद रहेको राजमोको साथ नपाए कांग्रेस, माओवादी र जसपा मिलेर गण्डकी प्रदेशमा सरकार बनाउन सम्भव छैन। ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २८, कांग्रेसका १५, माओवादीका १२ (सभामुखसहित), राजमोका ३ र जसपाका २ सांसद छन्। 

विपक्षीहरुले ल्याएको अविश्वास प्रस्तावमाथि मत विभाजन गर्न तोकिएको दिन २७ गतेको अघिल्लो दिनै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा गरेका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले बहुमतसहित नयाँ सरकारका लागि ३ दिन आउन दलहरुलाई आह्वान गरेकी छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.