स्याङ्जामा एकै दिन ७३ जना कोरोना संक्रमित थपिए
स्याङजा: स्याङ्जामा मंगलबार थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
चापाकोट नगरपालिका, पुतलीबजार नगरपालिका र अर्जुनचौपारी गाउँपालिकाका ७३ जनामा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए।
निर्देशक शर्माका अनुसार चापाकोट नगरपालिकाका ४०, पुतलीबजारका २७ र अर्जुनचौपारीका ६ जनामा संक्रमण देखिएका हो।
चापाकोट नगरपालिकाको वडा नं २ मा ३ जना, वडा न ४ मा १८ जना, वडा न ६ मा १ जना, वडा न ८ मा २ जना र वडा नं १० मा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
यसैगरी पुतलीबजार नगरपालिका वडा नं. ६ मा मात्रै २७ जनामा संक्रमण देखिएको हो। अर्जुनचौपारी गाउँपालिकाको वडा नं १ मा ३ जना, ३-३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये ४१ जना महिला छन भने बाँकी ३२ जना पुरुष हुन्। संक्रमित हुनेमा ८८ वर्षीया महिलादेखि १२ वर्षीय बालकसम्म छन्। कन्ट्रायक ट्रेसिङबाट संक्रमित पहिचान भएको सम्बन्धित पालिकाले जनाएको छ।