उदयपुरमा कोरोनाबाट थप चारजनाको मृत्यु

उदयपुरमा कोरोनाबाट थप चारजनाको मृत्यु

उदयपुर : उदयपुरमा कोरोना भाइरसबाट एक व्यापारीसहित चारजनाको मृत्यु भएको छ । शनिबार बेलुका र आइतबार बिहान ४०, ६३, ५६ र ६० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो । योसँगै मृतकको संख्या उदयपुरमा ११ पुगेको छ । प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाइका अनुसार कोरोना भाइरसको संक्रमणपछि उपचारको क्रममा त्रियुगा नगरपालिका ३ घर भइ गाईघाट बजारमा व्यापार गर्दै आएका ४० वर्षीय व्यापारीको शनिबार बेलुका मृत्यु भएको हो । 

संक्रमण देखिएपछि उनलाई परिवारले पाँच दिनअघि झापाको विएनसी अस्पतालमा भर्ना गरेका थिए । त्यसैगरी कोरोनाबाट संक्रमित भएका त्रियुगा नगरपालिका १० का ६३ बर्षिय पुरुषको उदयपुर कोभिड अस्पताल चौदण्डिगढी नगरपालिका ७ मा शनिबार बेलुका मृत्यु भएको छ ।  

चौदण्डिगढी नपाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलका अनुसार कोरोना देखिएपछि उनलाई अस्पतालमा भर्ना गरी राखिएको थियो । शनिबार दिउँसोसम्म सामन्य अवस्थाम रहेका उनी संक्रमणबाट आत्तिएर हृदयघातबाट ज्यान गएको हुनसक्ने प्रजिअ सेर्डाइले बताए । उदयपुरमा कोभिड अस्पतालमा बिरामीमध्ये मृत्युको घटना यो पहिलो हो । 

त्यसैगरी ज्वरो र रुघाखोकी लागेपछि उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा भर्ना भएका चौदण्डिगढी नपा ५ का ५६ बर्षिय पुरुषको नोवेल अस्पतालमा आइतबार बिहान मृत्यु भएको छ । अस्पताल आएका उनलाई कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि वार्डमा भर्ना गरी उपचार गरिएको थियो । 

त्यसैगरी विराटनगरस्थित ग्रिनक्रस अस्पतालमा त्रियुगा नपा १२ का ५१ वर्षीय पुरुषको शनिबार बेलुका मृत्यु भएको छ । तीन दिनअघि दमको बिरामी भई उपचारका लागि विराटनगर पुर्‍याइएका उनलाई गोल्डेन अस्पताल विराटनगरले कोरोना पुष्टि गरेको थियो । कोरोना पुष्टिपछि अस्पतालले उपचार नगरेपछि उनलाई परिवारले ग्रिनक्रसमा पुर्याएको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.