अनलाइनबाट कक्षा ८ को नतिजा प्रकाशन

अनलाइनबाट कक्षा ८ को नतिजा प्रकाशन

स्याङजा : फेदीखोला गाउँपालिकाले अनलाइनमार्फत नतिजा प्रकाशन गरेको छ। बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दे कक्षा ८ को नजिता अनलाइनमार्फत सार्वजनिक गरेको हो। नतिजालाई पालिका आफ्नो वेवसाइटमा राखेको छ। संक्रमणका बेला विद्यार्थी र अभिभावकले घरमै बसेर नतिजा थाहा पाउन भन्ने उदेश्यले अनलाइनमार्फत प्रकाशन गरेको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए।

एसईईकै मोडलमा कक्षा ८ को नतिजा प्रकाशन गरिएको छ। वेवसाइटमा गएर विद्यार्थीले आफ्नो सिम्बोल नम्बर र जन्म मिति टाइप गरेपछि नतिजा थाहा पाउन सक्छन। अध्यक्ष सुवेदीले थपे,‘मार्कसिटसहितको नजिता हेर्न र प्रिन्ट गर्न पनि सक्नेगरी राखिएको छ।’

पालिकाले मंगलबार भर्चुअल माध्यमबाट शिक्षा समितिको बैठक बसेपछि नजिता प्रकाशन गरेको हो। वैशाख १६ देखि आधारभूत तहको परीक्षा संचालन गरेको र कक्षा ८ का २ सय ३० सहभागीमध्ये सबै उत्तिर्ण भएका छन् शिक्षा शाखा प्रमुख रामचन्द्र गुरुङले बताए। ग्रेड भने फरक रहेको बताइएको छ।

पाँच वडा रहेको पालिकाभित्रका २७ वटा विद्यालय छन। तीमध्ये ९ वटा सामुदायिक र २ वटा संस्थागत विद्यालय कक्षा ८ का आधारभूत परीक्षामा सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.