उदयपुरमा कोरोनाबाट तीनजनाको मृत्यु

उदयपुरमा कोरोनाबाट तीनजनाको मृत्यु

उदयपुर : पछिल्लो २४ घण्टा उदयपुरमा कोरोना भाइरसबाट तीनजनाको ज्यान गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुबेदीका अनुसार ३४, ८५ वर्षीय पुरुष र ५० वर्षीया महिलाको ज्यान गएको हो । 

सुबेदीका अनुसार कोरोना संक्रमणपछि होमआइसोलेसनमा बस्दै आएका त्रियुगा नगरपालिका ११ की ५० वर्षीया महिलाको मंगलबार दिउँसो ज्यान गएको हो । दिउँसो श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो । 

त्यसैगरी चार दिनअघि विराटनगरस्थित नोवेल अस्पतालमा कोरोना पोजिटिभ देखिएपछि होमआइसोलेसनमा बस्दै आएका त्रियुगा नपा १२ का ३४ वर्षीय युवाको उपचारका लागि मदन भण्डारी आँखा अस्पतालमा लैजाने क्रममा ज्यान गएको हो । अस्पताललाई जिल्ला कोभिड व्यवस्थापन समितिले आइसोलेसन वार्ड बनाइ उपचारका लागि राख्दै आएको थियो । 

त्यस्तै कटारी नगरपालिका ३ का ८५ वर्षीय वृद्धको सोमबार राति उपचारका क्रममा सिरहाको फुलकुमारी अस्पतालमा ज्यान गएको छ । जेठ १ गते कोरोना पोजिटिभ 
देखिएपछि उनी अस्पतालमा उपचार गर्दै आएका थिए । 

जिल्लामा हालसम्म २ सय ४७ पुरुष र १ सय ८७ महिला गरी चार सय ३४ जना संक्रमित भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी उमेश लुइटेलले जानकारी दिए । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.