स्याङ्जामा कोरोनाबाट एकैदिन ६ को मृत्यु ८८ मा संक्रमण
स्याङजा : स्याङ्जामा सोमबार थप ८८ जनामा कोरोना पुष्टि भएको छ भने ६ जना संक्रमितको निधन भएको छ। पछिल्लो २४ घण्टामा ३७ महिला र ५१ पुरुष गरी ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
उपचारका क्रममा वालिङ नगरपालिकाका दुई जना, भीरकोट, पुतलीबजार, गल्याङ नगरपालिका र बिरुवा गाउँपालिकाका एक÷एक जना संक्रमितको उपचारका क्रममा निधन भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ।
मृत्यु हुनेमा वालिङ नगरपालिकाका ४२ वर्षीया र ५४ वर्षीया महिलाको उपचारका क्रममा मृत्य भएको हो । उनीहरुको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनीहरुलाई वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो।
यसैगरी, बिरुवा गाउँपालिकाका ३० वर्षीय पुरुष, भीरकोट नगरपालिकाका ४४ वर्षीय पुरुष, पुतलीबजार नगरपालिकाका ६७ वर्षीय पुरुषको उपचारका क्रममा फेवासिटी र मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो।
गल्याङ नगरपालिकाका ५५ वर्षीय पुरुषको भने थप उपचारका लागि पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।