बारेकोट गाउँपालिका अध्यक्ष शाह संक्रमित खोज्दै बस्तीबस्तीमा

बारेकोट गाउँपालिका अध्यक्ष शाह संक्रमित खोज्दै बस्तीबस्तीमा

जाजरकोट : कोरोना संक्रमित खोज्दै हरेक दिन बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाह बस्तीबस्ती पुग्छन्। स्वास्थ्य मापदण्ड पुर्याएर स्वास्थ्यकर्मीहरुको साथमा कोरोनाका बिरामी खोज्दै विभिन्न गाउँबस्तीमा पुग्नु हिजो आज उनको दैनिकी हो।

कोरोना महामारीको दोस्रो लहरसँगै बारेकोट गाउँपालिका पनि यसबाट अछुतो रहन सकेको छैन। यस गाउँपालिकाका वडा नम्बर १, ६, ७, ८ र ९ का विभिन्न टोलमा शंकास्पद बिरामीलाई घरमै पुगेर एन्टिजेन परीक्षण कार्यलाई गाउँपालिकाले तीब्रता दिएको बताए। 

गाउँबस्तीमा कोरोनाको लक्षण देखिए पनि स्थानीयले हेलचक्र्याई गर्ने गरेको अध्यक्ष शाहको बुझाई छ। स्थानीयलाई कोरोना परिक्षण गर्नका लागि उत्प्रेरित गर्नु आफ्नो दायित्व रहेको उनले बताए। बिरामी हुँदा औषधि उपचारभन्दा धामी झाँक्रीको शरणमा पुग्नु यहाँका कतिपय स्थानीयको पुरानो अन्धविश्वास नै हो। पछिल्लो समय कोरोनाबाट बच्न स्वास्थ्य मापदण्ड अपनाउने बानीको विकास स्थानीयमा हुदै गएको अध्यक्ष शाहले बताए।

हाललाई कोरोना परीक्षणका लागि आवश्यक पर्ने एन्टिजेन किट र आवश्यक औषधि पर्याप्त रहेको बताउँदै आइसोलेसन भवन गाउँपालिका, विभिन्न निकाय तथा व्यक्तिहरुको सहायतामा व्यवस्थित गरिसकेको जानकारी दिए।
शुक्रबारसम्म बारेकोटमा १ सय ९८ जनाको एन्टिजेन किटद्वारा परीक्षण गर्दा ७१ जनालाई कोभिड संक्रमण देखिएको बारेकोट गाउँपालिकाका स्वास्थ्य संयोजक बीरराज सिंहले जानकारी दिए। जसमा ३५ जना संस्थागत आइसोलेसन र ३६ जना होम आइसोलेसनमा रही स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा  उपचार हुँदै आएकोमा २७ जना कोभिड संक्रमित सन्चो भएर घर फर्किसकेको स्वास्थ्य संयोजक सिंहले बताए।
कोरोनाको लक्षण देखापरेको शंका लागेमा प्रत्येक दिन दिउँसो ३ बजे प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कोरोना परिक्षण गर्न सकिने व्यवस्था मिलाइएको अध्यक्ष शाहले जानकारी दिए। कोरोनाबाट बच्नका लागि कुनै पनि प्रकारको लापरवाही नगर्न समेत अध्यक्ष शाहले आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.