मदिरा चोरी प्रकरण : तीन प्रहरी निलम्बित

मदिरा चोरी प्रकरण : तीन प्रहरी निलम्बित

सिरहा : इलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन प्रहरी मदिरा चोरी आरोपमा निलम्बित भएका छन्। निलम्बित हुनेहरुमा प्रहरी सहायक निरीक्षक नबलकिशोर ठाकुर, प्रहरी जवान अन्नुकुमार राय र नरेशकुमार राय रहेका छन्। 

जेष्ठ ९ गते प्रहरीको गस्ती टोलीलहाननगरपालिका- २३ स्थित गढिया चौक आसपासका पसलहरु बन्द गराई निषेधाज्ञा कार्यान्वयनको क्रममा पुगेको थियो। त्यही पुजा मदिरा होटल (एस.के.मदिरा) मा हो–हल्ला गरेकोले मदिरा सेवन गरी हो–हल्ला गर्ने व्यक्तिहरु नियन्त्रणमा लिँदा पसलका सञ्चालक भागेका थिए। 

पसल खाली रहेको अवस्थामा पसलबाट प्रहरीले केही भोड्का रक्सी लिएको भिडियो सामाजिक संजालमा भाइरल भएका थिए। प्रहरी संगठन आलोचित हुन थालेपछि उनीहरुलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। 

प्रहरी नियमावली २०७१ बमोजिम सोमबारबाटै निलम्बन गरी उक्त बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.