मुस्ताडका स्थानीय तहलाई १२ थान अक्सिजन कल्सन्ट्रेटर सहयोग

मुस्ताडका स्थानीय तहलाई १२ थान अक्सिजन कल्सन्ट्रेटर सहयोग

जोमसोम: हिमाली जिल्ला मुस्ताडका स्थानीय तहलाई बिहीबार १२ थान अक्सिजन कल्सन्ट्रेटरसहित स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।मुस्ताडका निवर्तमान संघीय सांसद प्रेमप्रसाद तुलाचनको पहलमा “माउन्टेन हर्ट नेपाल’ नामक संस्थाले अक्सिजन कल्सन्ट्रेटरसहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

कोरोना माहामारीको विषम अवस्थामा स्वास्थ्य सम्बन्धी सेवामा सहयोग पुर्याउँदै आइरहेको माउन्टेन हर्ट नेपालले अमेरिकन संस्था “डाईरेक्ट रिलिभ’ मार्फत उपलब्ध  अक्सिजन कल्सन्ट्रेटर लगायतका स्वाथ्य समाग्रीहरु स्वास्थ्यको पहुँच नपुगेका जिल्लामा वितरण सुरु गरेको माउन्टेन हर्ट नेपालका अध्यक्ष अवन गौतमले जानकारी दिए । 

निवर्तमान संघीय सांसद प्रेमप्रसाद तुलाचनको उपस्थितीमा मुस्ताडका ५ स्थानीय तहलाई २/२ थान र जिल्ला अस्पताल जोमसोमलाई २ थान अक्सिजन कल्सन्ट्रेटर हस्तान्तर गरेको हो ।हस्तान्तरण कार्यक्रममा मुस्ताडका ५ वटै पालिकाका स्थानीय जनप्रतिनिधि ,स्वास्थ्य संयोजक र जिल्ला अस्पतालका प्रतिनिधि लगायत सरोकारवालको उपस्थिती रहेको थियो ।

सो अवसरमा निवर्तमान संघीय सांसद तुलाचनले माउन्टेन हट नेपालले उपलब्ध गराएको अक्सिजन कल्सन्ट्रेटरले जिल्लाका कोभिडका बिरामीलाई मात्र नभई दिर्घकालिन रुपमा मुस्ताडका स्थानीय तथा मुस्ताडमा हाईअल्टिच्यूड भई बिरामी पर्ने पर्यटकलाई समेत फाईदा पुग्ने उल्लेख गरे । निवर्तमान संघीय सांसद तुलाचनले कोरोनाको दोश्रो लहरले मुस्ताड जिल्ला समेत प्रदाडित बनेको उल्लेख गर्दै जिल्लाको स्वास्थ्य सुरक्षा तथा जिल्लाबासीको उपचार गर्ने क्रममा आफूले निरन्तर सहजीकरण गर्दै आइरहेको बताए ।

माउन्टेन हर्ट नेपालले हिमाली तथा उच्चपहाडी जिल्ला लगायत आवश्यक पर्ने जिल्लालाई लक्ष्यगरी उक्त स्वास्थ्य सामाग्री हस्तान्तर गर्ने योजना बनाएको हो । पर्याप्त स्वास्थ्यको पहुँच नपुगेका जिल्लामा अक्सिजनकै कारण कोही पनि नागरिक अकालमा मृत्युवरण गर्न नपरोस भन्ने उद्देश्यले अक्सिजन कल्सन्ट्रेटर हस्तान्तरण अभियान सुरु गरिएको माउन्टेन हर्ट नेपालले जनाएको छ ।

 विदेशी संस्थाबाट उपलब्ध अक्सिजनसहितको स्वास्थ्य समाग्री वितरणको सहजीकरण माउन्टेन हर्ट नेपालले गरेको छ । विदेशी संस्थाबाट सहयोग प्राप्त सामाग्री हस्तान्तरणका लागि अध्यक्ष अवन गौतमसहित संस्थाका मेनेजर बिजय पौडेल र इन्जिनियर प्रताप अधिकारी हेलिकोप्टर चढेर मुस्ताड आएका हुन् । माउन्टेन हर्ट नेपालले गोर्खा ,नुवाकोट र मुस्ताडमा कल्सन्ट्रेटर हस्तान्तरण गरेको जनाएको छ । संस्थाले केही दिनभित्रै मनाड,म्याग्दी,रसुवा र कास्कीसहित आवश्यक पर्ने जिल्लाहरुमा अस्किसजन कल्सन्ट्रेटर हस्तान्तरण गर्ने तैयारी गरेको छ ।

भौगोलिक रुपले विकट मानिएको हिमाली जिल्ला मुस्ताड अस्पतालमा हालसम्म पनि अतिआवश्यक आइसीयु र भेन्टिलेटरको सुविधा नभएको र पर्याप्त स्वास्थ्य जनशक्ती समेत नभएकाले संस्थाले प्रदान गरेको अक्सिजन कल्सन्ट्रेटर मुस्ताडका स्थानीयलाई बहुउपयोगी हुने जनाइएको छ । 

मुस्ताड जिल्ला अस्पतालमा न्यून क्षमताको अक्सिजन प्लान भएको र सिलिन्डरमा अक्सिजन भर्ने उपकरण समेत नभएकाले अक्सिजन ढुवानीमा समस्या पर्दै आइरहेको छ । बर्खायामको मौसममा बाढी/पहिरो र नदीकटानका कारण सडकको दुरअवस्थाका कारण पनि अक्सिजन भरेर मुस्ताडलाई पुर्‍याउन समस्या पर्ने गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.