दलित बस्तीलाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण
मुगु : निषेधाज्ञामा खाद्यान्न जोहो गर्न नसकेका ५० घरधुरी दलित समुदायलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ । सोरु गाँउपालीका-४ रावल वडामा रहेका ५० घर धुरीका स्थानीयलाई स्टोरिज अफ नेपाल समुदाय काठमाडौंको आर्थिक सहयोगमा ग्रामिण समुदाय संस्था जीएस एसको सहजीकरणमा खाद्यन्न तथा स्वास्थ्य सामग्री वितरण गरिएको हो ।
स्टोरजि अफ नेपाल समूदाय काठमाडौंको ३ लाख ५६ हजार ७ सय ५० रुपैयाँको आर्थिक सहयोग र ग्रामीण सामुदायक संस्था मुगुको सहजीकरणमा प्रति घरलाई खाद्या तथा स्वास्थ्य सामग्री वितरण गरिएको स्थानीय सहजीकरण संस्था जीएस एस मुगुका कार्यक्रम संयोजक बासु रावलले जानकारी दिए।
अघिल्लो वर्ष समेत कोरोनका कारण जिल्लाको छाँयानाथ रारा नगरपालिका सोरु र मुगुम कार्मारोङ गाउँपालिकाको क्वारेन्टाइन र आइसोलेसनमा बसेका साथै अन्य विपन्न परिवारलाई स्टोरजी अफ नेपाल समुदाय काठमाडौंको आर्थिक सहयोगमा खाद्यन्न र सरसफाइका सामग्री वितरण गरिएको थियो।