नाइजेरिया सरकारले ट्‍वीटरमाथि लगायो प्रतिबन्ध

नाइजेरिया सरकारले ट्‍वीटरमाथि लगायो प्रतिबन्ध

नाइजर: नाइजेरिया सरकारले अमेरिकी सोसल मिडिया ट्‍वीटरलाई अनिश्चितकालको लागि प्रतिबन्ध लगाएको छ ।

शुक्रबार सूचना तथा संस्कृति मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ट्वीटरमाथि अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको जनाएको हो ।

"सोसल नेटवर्किङ ट्वीटरलाई नाइजेरियामा संघीय सरकारले अनिश्चितकालका लागि निलम्बबित गरेको छ," विज्ञप्तिमा उल्लेख छ ।

उक्त विज्ञप्ति मन्त्रालयको आधिकारिक ट्वीटर ह्याण्डलबाट शुक्रबार साँझ पोस्ट भएको थियो । ट्वीटरले नाइजेरियामा यहाँको कर्पोरेट अस्तित्वलाई बिगार्नसक्ने गतिविधि गरेको आरोप लगाउँदै सरकारले निलम्बन गरेको जनाएको छ ।

ट्वीटरले नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीको एउटा आपत्तिजनक ट्वीट डिलिट गरिदिएको दुई दिनपछि सरकारले यस्तो कदम चालेको हो । यस कदमलाई यहाँको सरकारले ट्वीटरसँग बदला लिएको रुपमा पनि टिप्पणी गरिएको छ ।

जवकि मंगलबार राष्ट्रपति बुहारीले देशको दक्षिणपूर्वी क्षेत्रका जनताहरुमाथि कडा शब्दमा धम्की दिएका थिए । उनले त्यहाँका जनतालाई त्यस क्षेत्रका सार्वजनिक पूर्वाधारहरुमाथि आक्रमण गरेको आरोप लगाउँदै उनीहरुमाथि धम्की समेत दिएका थिए ।

त्यस क्षेत्रका जनतालाई लक्षित गर्दै उनले आफूहरुले उनीहरुकै भाषामा व्यवहार गर्ने धम्कीपूर्ण आशयको ट्वीट राष्ट्रपति बुहारीले गरेका थिए । जुन ट्वीट ट्वीटरले डिलिट समेत गरिदियो ।

राष्ट्रपतिले देशको पूर्वी क्षेत्रमा १९६७-१९७० मा भएको दुई वर्षे नाइजेरिया-बिआफ्रा गृहयुद्धमा इग्बो जातिका दशौँ लाख मनिस मारिएका थिए । सोही युद्धको सन्दर्भ जोड्दै राष्ट्रपतिले उनीहरुलाई धम्की दिएका थिए । जुन ट्वीटबारे अधिकांश नाइजेरियनले ट्वीटरमा उजुरी दिएपछि ट्वीटरले बुधबार डिलिट गरिदिएको थियो ।

सरकारका सूचना मन्त्री लाइ मोहम्मदले भने ट्वीटरले दोहोरो व्यवहार देखाएको भन्दै यसको गतिविधिको आलोचना गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.