कोरोना भाइरस उत्पत्तिको किचलो

कोरोना भाइरस उत्पत्तिको किचलो

चीन सन् २०३० सम्म अर्थव्यवस्थाका सम्बन्धमा विश्वको सबैभन्दा ठूलो देश हुने लक्ष्यका साथ अघि बढेको छ।


चीनको वुहानबाट कोरोना फैलिएको हो। यस भाइरसको स्रोत मुलुक चीनले सुनियोजित प्रकारले भाइरस उत्पादन गरी विश्वभर फैलाएको आरोप संयुक्त राज्य अमेरिकाले लगाएको छ। चीनको वुहानमा डिसेम्बर २०१९ मा यसले संक्रमण गर्दा लामो समयसम्म सरकारले सूचना दिएन, आफ्ना नागरिकलाई अन्यत्र आवतजावत गर्न प्रतिबन्ध लगाएन, अन्य देशमा यो संकट प्रवाह गराउन उद्धृत रह्यो, चीनले आफैं यो भाइरस उत्पादन गरी यसको दबाई समेत पहिले नै तयार पारी वुहानमा फैलाई केही समयपछि नियन्त्रणमा लिई यो संक्रमण विश्वभर पठाएको हो।

कोरोना भाइरसको संक्रमणले विश्वव्यापीरूपमा प्रभाव पारिरहँदा र संयुक्त राज्य अमेरिकाका धेरै नागरिकको मृत्यु भएकाले चीनबाट फैलिएको यो संक्रमणका लागि चीननै बढी जिम्मेवार भएको निष्कर्ष तत्कालीन अमेरिकी रास्ट्रपति डोनाल्ड ट्रंपलेनिकालेकाथिए।मानव जातिमा ठूलो आतंक सृजना गरी धनजनको संहार गर्ने गरी फैलिएको यो महामारीलाई नियन्त्रण गर्न कठिन भएको अवस्थामा विश्वभरका लोकतान्त्रिक देशहरूको नेतृत्वदायी भूमिका निर्वाह गरिआएको देश अमेरिकाले यस प्रकारको आरोप चीनलाई लगाउँदा मानव समुदाय स्तब्ध बनेको छ। अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई गम्भीरतापूर्वक यस अपराधको अनुसन्धान गर्न अनुरोध गर्दै क्षतिपूर्तिसमेत चीनबाट प्रभावित देशहरू सबैले  पाउनुपर्ने र यस्ता मानवताविरोधी अपराधी क्रियाकलाप भविष्यमा पुनरावृत्ति नहुने अवस्था चीनबाट हुनुपर्ने माग गरिराखेको छ।

अमेरिकी कूटनीतिज्ञहरूले वुहानको प्रयोगशालाको अध्ययन गरी त्यहाँ सम्पादित कार्यहरू मानव स्वास्थ्यका हिसाबले उपयुक्त नभएको प्रतिवेदन दिइसकेको छ। यस विषयलाई लिएर अमेरिकाको कांग्रेसमा बहस भएको र अदालतमा मुद्दासमेत दायर भई यो मुद्दालाई अन्तर्राष्ट्रिय अदालतमा प्रवेश गराउनु पर्ने दबाब अमेरिकालाई परिराखेको छ। यी दुई देशबीच विवाद चर्किने सम्भावना बढेको छ। अहिले विश्वका वैज्ञानिक एवं सचेत वर्गको ध्यान यसमा केन्द्रित हुन थालेको छ। यसका आधारहरूको खोजी गर्नुपर्ने भएको छ। चीनले यस अघि गर्दैआएका व्यवहार र कार्यशैलीबाट समेत यस आरोपको सत्यताका सम्बन्धमा अनुमान गर्न सकिन्छ। चीन साम्यवादी राजनीति अवलम्बन गर्दै आएको देश हो। भूमण्डलीकरणका कारण विश्वभर आफ्नो प्रभाव बिस्तार गर्न उदार नीति केही हदसम्म अवलम्बन गर्दैआएको छ। यसका व्यवहारबाट छिमेकीलगायत विश्वका धेरै देश प्रताडित बनेका छन्।

चिनियाँ व्यवहारबाट छिमेकी देशहरू जापान, दक्षिण कोरियासमेत प्रभावित बनेका छन्।चीनले आफ्ना क्रियाकलापबाट अन्य देशलाईनकारात्मक प्रभावपरेको सम्बन्धमा आफ्नै अदालतले स्वीकार गरी निर्णय लिएको अवस्थामा मात्र सुधार गर्न सक्ने, अन्तर्राष्ट्रिय कानुनलाई यस विषयमा स्वीकार नगर्ने नीति अवलम्बन गर्दै आएको छ। यदि वुहानको स्थानीय सरकारलाई यथासमयमा रोग फैलिन नदिन केन्द्र सरकारले निर्देशन गरेको र राम्ररी क्वारेन्टाइन परीक्षण गरिएको भए यो संक्रमणबाट भएको क्षतिको ९० प्रतिशत कटौती गर्न सकिने अवस्था भएको प्रतिवेदन एक ब्रिटिस अध्ययन दलले दिएको छ।

चीनका चिकित्सक लिवेनले आफ्ना सहकारीहरूलाई सामाजिक सञ्जालमार्फत सार्सभन्दा भयंकर महामारी स्वास्थ्य क्षेत्रमा आउन सक्ने र यसबाट विश्वमा ठूलो धनजनको नोक्सानी पुग्ने, यसको शीघ्र सम्बोधनका लागि सम्बन्धित पक्ष लागि पर्नुपर्ने कुरालाई कोरोना देखिनु केही समयपूर्व प्रस्टपारेका थिए। तर सरकारले नकारात्मक रूपमा लिन पुग्यो। आफ्ना चिकित्सक लिवेन लियानको भनाइलाई खासै महŒव नदिई उनले गरेको भाविष्यवाणीलाई अनर्गल प्रचारको रूपमा लिई प्रहरी कारबाही गर्न चीन उद्धृत रह्यो। उनको भविष्यवाणी ठिक देखियो, उनी बिरामीको उपचार गर्दा मृत्युवरण गर्न पुगे। यो घटनाबाटचीनलाई ठूलो नोक्सानी पुगेको विश्वास चिनियाँमा छ।

चीन सन् २०३० सम्म अर्थव्यवस्थाका सम्बन्धमा विश्वको सबैभन्दा ठूलो देश हुने लक्ष्यका साथ अघि बढेको छ। उद्योगधन्दा र कलकारखानाहरूको अन्धाधुन्ध स्थापना गरी चीनभित्र र अन्य देशमा समेत ठूलो मात्रामा वातावरण प्रदूषण फैलाएको छ। यस्ता कलकारखानाबाट सृजित धुँवा, धुलो, रसायनिक पदार्थहरूको फैलावटबाटअन्य देश नराम्ररी प्रदूषित बनेका छन्। यस्ता आर्थिक क्रियाकलापहरूको सञ्चालनमा आवश्यकताभन्दा बढी हैकमवादी प्रवृत्तिमा चीन अभ्यस्त छ। विश्व बजारमा आफ्ना उत्पादन पु¥याइ आर्थिक तरक्की गर्न र देशभित्र नागरिकलाई रोजगारीको अवस्था सृजना गर्न पनि यस्ता उद्योगहरू सञ्चालनमा आएका छन्।

चीन प्रवेश गर्ने खाध्य सामग्री पशुजन्य पदार्थमा कडा परीक्षण गरी निरुत्साहित गर्नेर आफ्ना गुणस्तरविहीन पदार्थहरू ठूलो मात्रामा निकासी गर्दासमेत भाइरस सर्ने सम्भावना बढ्दै गएको छ। चीन रणनीतिक हिसाबले विश्व अर्थ बजारमा प्रवेश गरेको छ, सबैतिर सबै प्रकारका आर्थिक क्रियाकलाप सञ्चालन गर्दै प्रभाव जमाउने रणनीति तैनाथ गरेको छ। अमेरिकाको बजारमा ठूलो पक्कड छ, रियल स्टेट व्यवसायदेखि ठूला उत्पादक कम्पनीहरू खरिद गरी व्यवसाय सञ्चालन गरी बसेका चिनियाँ नागरिकको संख्या अमेरिकामा ठूलो छ।अमेरिकाले प्रतिरणनीतिका आधारमा यो प्रभाव रोक्ने सम्भावना छ। चिनियाँ वस्तु र सेवाहरूमा उच्च शुल्क लगाउने, देशभित्र उक्त देशको लगानी बन्द गराउन सक्दछ।

जापानले आफ्ना कम्पनीहरूमा भएको चिनियाँ लगानी रकमको भुक्तानी दिई चिनियाँ विशेषज्ञता, सीप, सामग्री एवं प्रविधिलाई बन्द गर्ने नीतिको कार्यान्वयन गरिराखेको छ। नेटो र सीटो समूहमा संलग्न पश्चिमा राष्ट्रहरू संयुक्त रूपमा चीनविरोधी रणनीतिहरूको कार्यान्वयन गर्न अमेरिकाले सबैलाई उत्प्रेरित गर्न सक्दछ। अमेरिकाभित्र चिनियाँ वस्तु तथा सेवाहरूको माग अत्यन्त बढ्दो छ। अमेरिका र चीनबीच व्यापारमा १.०७ खरब डलर एक वर्षमा अमेरिकालाई घाटा लागेको छ। विश्व बजारमा आफ्नो पहुँच सुदृढ गर्न चीनले इटाली, श्रीलंका र पाकिस्तानमा सिल्क सडक बिस्तारका लागि २०० अरब अमेरिकी डलर लगानी गरिसकेको छ।

अमेरिकाले चीनमाथि जघन्य आरोप लगाएको छ, यसको सत्यताबारे विश्व स्वास्थ्य संगठनले शीघ्र छानबिन गराई यथार्थ तथ्य विश्वसामु पारदर्शी बनाउनु पर्दछ।चीनको लापरबाही रहेको सन्दर्भमा सन्देह गरिरहनु पर्ने अवस्था छैन तर सुनियोजित प्रकारले मानव संहार गर्ने अपराध भएको देखिए विश्व यसविरुद्ध एक हुनुपर्छ।

अफ्रिकी देशहरूलाई ऋणको चक्रब्यूहमा फसाउने गरी ठूलो धनराशी लगानी गरेको छ। यी कार्यहरूले निरन्तरता प्राप्त गरिराखेकाले यो अमेरिकालाई सन्तुलन कायम गर्नभन्दा चीनलाई आफ्नो व्यवसाय र प्रभाव बिस्तार गर्न सहज भएको छ। सिल्क सडकमा भएको लगानीले सडक सञ्जालमार्फत अमेरिका र युरोपमा सडक मार्गले जोड्ने छ, स्वाभावत चिनियाँव्यापार व्यवसाय वृद्धि गर्न सहज हुनेछ। यसमा सन्तुलन गर्न अमेरिकी सहयोगमार्फत चिनियाँ लगानीलाई विस्थापित गर्नुपर्छ। इन्डो प्यासिफिक स्ट्राटेजी र एमसीसीमार्फत अमेरिकाले समेत आफ्ना प्रतिनितिहरू विश्व बजारमा लागू गर्न पहलकदमी गरिराखेको स्थिति छ।

वर्तमान समय चीन र अमेरिकाको विश्वभर अस्वस्थ प्रतिस्पर्धामार्फत आआफ्ना रणनीतिहरू तैनाथ गरिआएका छन्। विश्वमा शक्तिसम्पन्न राष्ट्रमा परिणत हुने गन्तव्यमा अल्पअवधिमा पुग्न यी सबै रणनीति आक्रामक हिसाबले अघिबढाउने दबाब चीनलाई छ। लामो समयदेखिको सोचका आधारमा चीन आफ्ना व्यवसायलाई निरन्तरता दिँदै आएको र यसका लागि आधारशीलाहरूको विकास गरिसकेको सन्दर्भमा अमेरिकालाई सन्तुलनमा लिनुभन्दा चीनलाई आफ्ना कार्यक्रमहरूको निरन्तरता दिन सहज अवस्था छ।

विवादको अन्तर्राष्ट्रियकरण कति उत्पादक ?
कुटनीतिक आवरणमा राजनीतिक अस्वस्थ प्रतिस्पर्धा यी दुई देशबीच हुनेनै भयो। दुवै देश आआफ्ना उच्चआकांक्षासहित अघि बढिराखेका छन्। कुसल रणनीतिका आधारमा अन्तर्रास्ट्रिय क्षेत्रमा प्रभाव बिस्तार गरिराखेका छन्। कृत्रिम बौद्धिकतार फाइभजीको प्रतिस्पर्धा दुई देशबीच अत्यन्त तीव्र छ। यो प्रतिस्पर्धामा यी दुई देशमध्ये कुनलाई बढी सफलता मिल्ने हो ? त्यसैमा दुवै  देशको प्रभाव स्तर केही हदसम्म निर्धारण हुनपुग्छ। व्यापारिक प्रभावका हिसाबले चीनले विश्व बजारमा जीवन्त उपस्थिति दिइराखेको छ।
संयुक्त राज्य अमेरिकालाई यो प्रभाव नियन्त्रणमा ल्याउन अत्यन्त कठिन भइराखेको छ।विश्वभर हालसम्म देखिएका दुई देशबीच विवादको समाधान अन्तर्राष्ट्रिय अदालतबाट हुन सकेको अवस्था देखिँदैन। केही उदाहरण प्रस्तुत गरौं। सन् १९३० मा संयुक्त राज्य अमेरिका र क्यानडाबीच ट्रायल स्मेल्टर डिस्प्युटमा अन्तर्राष्ट्रिय हस्तक्षेप भएको थियो। यसलाई थप व्यवस्थित गर्न दुई देशबीच थप सम्झौता सन्धि केही हुन सकेन।

यूरोपियन युनियनको संसद्लेभारत र पाकिस्तान दुवै देशलाई शान्तिपूर्ण समाधानमा शीघ्रपुग्न लिखित अनुरोधगरी पठाएकोमा पाकिस्तानले यसलाई स्वागत गरेकोमा भारतले कुनै महŒव दिएन। पाकिस्तानले कास्मिर विवादलाई अन्तर्राष्ट्रियकरण गर्न औपचारिक बाटो परित्याग गर्दै अनौपचारिक प्रक्रियाको अवलम्बन गर्न तयार बन्दै गएको अवस्था छ। सन् १९५५ मा बेलायतले चिली र अर्जेन्टिनाका केही टापुहरू आफ्नो भएको दाबी गरी अन्तर्राष्ट्रिय अदालत गएकोमा विपक्षी राष्ट्रहरूले उक्त अदालतको क्षेत्राधिकार अस्वीकार गरेकाले यो मामिलामा सुनुवाई नै हुन सकेन।
इजरायल र प्यालेस्टाइनका बीचको विवादमा सम्बन्धमा पनि अन्तर्राष्ट्रिय न्यायालय प्रभावी देखिएन। अन्तर्राष्ट्रिय कानुन आफंैमा बाध्यात्मक नभई नैतिक कानुन र मध्यस्थता गर्ने अदालतका अस्तित्वमा रहेको हुन्छ। वार्ताद्वारा समस्याको समाधान हुनसक्ने उदाहरण भारत र बंगलादेशका बीचको सीमा विवाद ४४ वर्षपश्चात मात्र समाधान भई मे ७, २०१५ मा ४३ हजार बिघा जमिन फिर्ता लिई आफ्नो अधिकार स्थापित गर्न बंगलादेश सफलभएको यथार्थतालाईमननगर्नुपर्छ।अन्तर्राष्ट्रिय अदालतबाट यस विवादको समाधान हुनसक्ने अवस्था रहँदैन। अमेरिकाले चीनमाथि जघन्य आरोप लगाएको छ, यसको सत्यताबारे विश्व स्वास्थ्य संगठनले शीघ्र छानबिन गराई यथार्थ तथ्य विश्वसामु पारदर्शी बनाउनु पर्दछ।
चीनको लापरबाही रहेको सन्दर्भमा सन्देह गरिरहनु पर्ने अवस्था छैन तर सुनियोजित प्रकारले मानव संहार गर्ने अपराध भएको देखिए विश्व यसविरुद्ध एक हुनुपर्छ। चीनलाई सुधार गर्न र आवश्यक क्षतिपूर्ति दिन बाध्य बनाउनुपर्छ। सन्देह अमेरिकाको आरोपका सम्बन्धमा पनि गर्न सकिन्छ किनकि विश्व बजारमा अमेरिकाको प्रतिस्पर्धी देशका रूपमा चीनले आफूलाई जबर्जस्त प्रस्तुत गरिराखेकाले पनि यसको निष्पक्ष अनुसन्धानमा विश्व स्वास्थ्य संगठन विशेष गम्भीर हुनुपर्ने अवस्था छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.