‘विपदमा हामी’ अभियान : वडाध्यक्षको निजी भ्यान एम्बुलेन्स, स्वयं चालक

‘विपदमा हामी’ अभियान : वडाध्यक्षको निजी भ्यान एम्बुलेन्स, स्वयं चालक

स्याङजा : भीरकोट नगरपालिकाका केही युवाहरुले ‘विपदमा हामी’अभियान संचालन गरेका छन्। उनीहरुको स्वयंसेवी अभियानबाट कोरोना संक्रमित, क्यान्सर रोगी, दम, मुटु, सुत्केरी व्यथा र अन्य बिरामीलाई राहत पुगेको छ। 

ग ३ च ७४२ नम्बरको रातो प्लेटको हाइलक्स (पीकअप) भ्यान। भ्यानको पछिल्लो भागमा अक्सिजनको सिलिण्डर। भ्यान भित्र एकजना स्वास्थ्यकर्मी, एक/दुई जना अन्य स्वयंसेवी साथीसँगै भीरकोट नगरपालिका-५ का वडाअध्यक्ष यामप्रसाद अधिकारी (लक्ष्मण)। आफैं चालक पनि।  

दिनरात उनी हिँडिरहेका छन्। जब जिल्लामा निषेधाज्ञा सुरु भयो त्यसबेलादेखि उनको कर्म सुरु भएको हो। विगत एक महिनादेखि पटक पटक थप गर्दै जिल्लामा निषेधाज्ञा जारी छ। पछिल्लो सिटमा बिरामी। कोरोना संक्रमित हुन् वा अन्य। गाँउमा कतै कोही बिरामी भएको खबर पाएपछि उनी गाडीसहित पुगिहाल्छन्। बिरामी आफैं उठाउँछन् र उपचारका लागि अस्पताल पुर्‍याउँछन्।  

लक्ष्मणले आफनो निजी सवारी साधन एम्बुलेन्सका रुपमा उपयोग गर्दै आएका छन्। अक्सिजनसहितको सेवा निशुल्क दिएका छन्। कोरोना संक्रमित वा अन्य कुनै विमारी भई उपचारकालागि तत्काल अस्पताल पुर्‍याई उपचार दिलाउने उद्देश्यले आफनै सवारी साधनबाट निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्दै आएको उनले बताए। उनले आफनो भ्यानलाई एम्बुलेन्स बनाएका हुन। सो एम्बुलेन्सका चालक पनि आफैं हुन भने तेलको पनि आफैंले जोहो गरेका छन्। बिरामीले अस्पताल पुग्नका लागि कुनै शुल्क तिर्नुपरेको छैंन। ‘पहाडी जिल्ला भनेका बेलामा साधन पाइदैनन्, बल्ल तल्ल साधन पाइहाले पनि संक्रमणका त्रासले चालकले कोरोना बिरामी बोक्ने गाह्रो मान्छन, त्यही भएर म आफैंले आफनो साधनलाई एम्बुलेन्स बनाएर चलाएको हुँ।’ उनले अहिलेसम्म १ सय ७ जना कोरोना संक्रमित र ३९ जना अन्य बिरामीलाई विभिन्न अस्पतालमा पुर्‍याएको जनाए।

उनले अहिलेसम्म १ सय ७ जना कोरोना संक्रमित र ३९ जना अन्य बिरामीलाई विभिन्न अस्पतालमा पुर्‍याएको जनाए। गह्रौं प्राथमिक अस्पताल वालिङ, जिल्ला अस्पताल स्याङजा, पोखरा र भरतपुर क्यान्सर अस्पतालसम्म पुर्‍याएका छन्। 

कोरोना संक्रमण पुष्टिपछि अधिकांश होम आइशोलेशनमा बस्न रुचाउँछन्। धेरैको घरमा नै निको भएको पनि छ। श्वासप्रश्वासमा कठिनाई देखिएपछि केही अस्पतालमै पुर्‍याउनपर्छ। समयमै पुर्‍याउन नसक्दा बिरामीको ज्यान पनि जान सक्छ। त्यस्तै अवस्थालाई ध्यान दिँदै तत्काल अस्पताल पुर्‍याउने व्यवस्था मिलाइएको युवा समाजसेवी राजकुमार गुरुङ भन्छन्।  
त्यो त, ‘विपतमा हामी’ अन्तर्गत कोरोना संक्रमितका उपचारमा विरामीलाई अफ्ठ्यारो परेमा उनी त्यहाँ पनि पुग्ने गरेको भीरकोट जेसीजका अध्यक्ष प्रसुन मगरले जानकारी दिए। मगर भन्छन् ‘हामीले खबर गर्दासाथ अध्यक्ष आफैं गाडी लिएर बिरामीको घर पुग्नुहुन्छ, स्वास्थ अवस्था बुझेपछि अस्पताल दौडाइहाल्नहुन्छ।’ 

‘मानवता सेवाभन्दा ठूलो धर्म कहिछैन। अफ्ठ्यारोमा नै सहयोग गर्ने हो । भीरकोट मात्र होइन। आवश्यक परे जिल्लामा जसलाई मेरो सहयोग पर्छ। खबर गर्नुहोला म आउछु’ अध्यक्ष अधिकारी भन्छन्। 

कोरोना भाइरस संक्रमण अवधिभर र मेरो स्वास्थ्यले साथ दिउन्जेल समाजसेवामा लागिरहने छु। उनको भने ‘संक्रमितसँगको दुरी र स्वास्थ्य मापदण्डमा ख्याल गरेको छु।’ अध्यक्ष अधिकारीको मानवसेवाप्रति भीरकोट नगरपालिकाका प्रमुख छाँयाराम खनालले खुशी व्यक्त गरे। उनले भने,‘विपदका बेला सहयोग गर्नू हामी सबैको प्रमुख दायित्व हो। योभन्दा ठूलो धर्म अरु छैन।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.