कोरोनामा विद्यार्थीको सहयोगी टुल नेपाल ‘एप’

कोरोनामा विद्यार्थीको सहयोगी टुल नेपाल ‘एप’

काठमाडौं : कोरोना कहरलाई ध्यानमा राखेर कक्षा ११ मा भर्ना हुने विद्यार्थीको प्रवेश परीक्षाको तयारीका लागि ‘टुल नेपाल’ नामक एप (मोवाइल एप्लीकेशन) सञ्चालनमा ल्याइएको छ। 

कोरोना संक्रमणबाट जोगिने वैकल्पिक उपायका रुपमा तयार गरिएको ‘एप’ एसईई दिएर बसेका विद्यार्थीलाई भरपर्दो सहयोगी हुने प्रायोजकले बताएका छन्। ‘एप’ निशुल्क ‘डाउनलोड’ गर्न सकिन्छ।

विद्यार्थीहरुले ‘लगइन’ गरी विभिन्न संकाय (साइन्स, म्यानेजमेन्ट, ल, स्टाफ नर्स, एच.ए. आदि) अन्तर्गतका विभिन्न विषयमा १० हजार भन्दाबढी वस्तुगत बहुबैकल्पिक प्रश्नहरु (एमसीक्यु) को अभ्यास गरी तयारी गर्न सक्नेछन्। प्रश्नहरुको समाधानका लागि ‘हिन्टस्’, ‘सोलुसन’ र ‘नोट’ हरू पनि राखिएका कारण विद्यार्थीलाई प्रवेश परीक्षाको तयारी गर्न सहज हुने अपेक्षा छ।

 पुराना वर्षहरुका प्रश्नहरुको संगालो, दैनिक एवं साप्ताहिकरुपमा विभिन्न अनलाइन परीक्षाको सञ्चालन, शैक्षिक सूचना तथा जानकारीका साथै विभिन्न कलेजको विस्तृत विवरणहरूले ‘एप’ लाई अझ प्रभावकारी बनाएको टेक्नेका टेक्नोलोजिज प्रालिका सञ्चालक प्रवेग शर्माले जानकारी दिए।

कलेजहरुले चाहेको खण्डमा यसै ‘एप’ मार्फत प्रवेश परीक्षा सञ्चालन र विभिन्न सुचनाहरु प्रकाशित गर्न समेत सक्ने छन्। ‘एप’ का मध्ययमबाट प्रविधिको सदुपयोग गर्दै सुरक्षितरुपले घरमै बसेर प्रवेश परीक्षाको सम्पूर्ण तयारी गरेर आफूले चाहेको कलेजमा अध्ययन गर्न सफल हुने विश्वाससहित ‘एप’ को परिकल्पना गरिएको जनाइएको छ। 

मोबाइल एप’ हाल ‘एन्ड्रोइड’ र ‘वेव भर्जन’ मा उपलव्ध छ। अब छिट्टै ‘आइओएस’ मा पनि उपलब्ध कम्पनीका सञ्चालक शर्माले जानाकारी दिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.