कर्णालीलाई १० अक्सिजन कन्सन्ट्रेटर

कर्णालीलाई १० अक्सिजन कन्सन्ट्रेटर

दैलेख : कर्णालीका तीन जिल्लामा अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य तथा सुरक्षा उपकरण सहयोग गरिएको छ। कोरोना महामारीको समयमा जनताको जीवन रक्षाका लागि सक्रिय रहेका सुर्खेत, कालिकोट र दैलेखका स्थानीय तह र अस्पताललाई स्वास्थ्य उपकरण सहयोग गरिएको हो। 

विकास सशक्तिकरण र सचेतनाका लागि लगानी (आइडिया) नेपाल सुर्खेतले विभिन्न स्थानीय तह र अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर सहित स्वास्थ्य तथा सुरक्षाका उपकरण उपलब्ध गराएको छ। 

ती सामग्री हालै हस्तान्तरण गरिएको छ। स्वास्थ्य सेवा कार्यालय/दैलेख अस्पताललाई दुई वटा अक्सिजन कन्सन्ट्रेटर सहित १० सेट पीपिई, मास्क, स्यानीटाइजर र ग्लोब्स सहयोग गरिएको आइडियाका सचिव राज विश्वकर्माले बताए। 

उनका अनुसार सुर्खेतको लेकबेशी नगरपालिकालाई १० लिटरको दुई वटा अक्सिजन कन्सन्ट्रेटर सहित अक्सिमिटर, पीपिई र सर्जिकल ग्लोब्स सहयोग गरिएको छ। 

यस्तै सुर्खेतकै बराहताल गाउँपालिका–५ कुनाथरीमा गाउँपालिकाले सञ्चालनमा ल्याएको कोभिड–१९ अस्थायी अस्पतालका लागि दुई वटा अक्सिजन कन्सन्ट्रेटरसहित, अक्सिमिटर, पीपिई, सर्जिकल मास्क सहयोग हस्तान्तरण गरिएको छ। आइडियाका अनुसार कर्णालीको राजधानी वीरेन्द्रनगर नगरपालिका-१ सुर्खेतका लागि एक वटा अक्सिजन कन्सन्ट्रेटर, पीपिई, सेनीटाइजर, मास्क र अक्सिमिटर सहयोग गरिएको छ।

वडालाई नगद ५० हजार रुपैयाँ सहयोग गरिएको छ। उक्त वडामा हाल झण्डै दुई सय बढि कोरोना संक्रमित छन्। कोरोना संक्रमित भई होम आइसोलेसनमा बसेका बिरामीलाई खाद्यान्न उपलब्ध गराउनका लागि वडालाई ५० हजार रुपैयाँ सहयोग गरिएको सचिव विश्वकर्माले बताए।

त्यसैगरी स्वास्थ्य सेवा कार्यालय कालिकोटलाई दुई अक्सिजन कन्सन्ट्रेटरसहित स्वास्थ्य तथा सुरक्षा सामग्री र सुर्खेतकै एक स्वास्थ्य चौकीलाई एक वटा अक्सिजन कन्सन्ट्रेटरसहयोग गरिने आइडियाले जनाएको छ। कोभिड प्रतिकार्यका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता महसुस गरी तत्काल अत्यावश्यक रहेको अक्सिजन कन्सन्ट्रेटर जुटाइएको आइडिया नेपाल सुर्खेतका अध्यक्ष रचना सुनारले बताइन्। स्थानीय तह र अस्पताललाई उपलब्ध गराइएको स्वास्थ्य उपकरणबाट स्वास्थ्य उपचार सेवामा थप टेवा पुग्ने अपेक्षा गरिएको अध्यक्ष सुनारको भनाइ छ। 

स्वास्थ्य सेवा कार्यालय दैलेखका डा. जगत थापाले कुनै बेला अक्सिजनको अभाव झेलेको सम्झना गर्दै विभिन्न सहयोगी व्यक्ति तथा संस्थाहरुको सहयोगबाट अब अक्सिजनकै अभावले कोरोनाका बिरामीले ज्यान गुमाउनु नपर्ने बताए। कुनै व्यक्ति र संस्थाको सहयोगले गर्दा कोभिड महामारीविरुद्धको अभियान सफल बनाउन थप मद्दत पुग्ने डा. थापाको भनाइ छ। 

सुर्खेतको लेकवेशी नगरपालिका मेयर गगन सिं सुनारले कोरोना माहामारीमा नियन्त्रण तथा उपचारका सन्दर्भमा भएको सहयोग महत्वपूर्ण रहेको बताए। ‘कोरोनाका बिरामीहरुका लागि अक्सिजनको अभाव रहेको अहिलेको विषम परिस्थितिमा अक्सिजन कन्सन्ट्रेटर सहितको स्वास्थ्य उपकरणले नागरिकको जीवन बचाउन एकदमै ठूलो महत्व राख्दछ,’ मेयर सुनारले भने। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.