बाजुरामा निरन्तर वर्षा, खोलाले बगाउँदा दुईजना वेपत्ता, एक घर भत्कियो, राजमार्ग अवरुद्ध

बाजुरामा निरन्तर वर्षा, खोलाले बगाउँदा दुईजना वेपत्ता, एक घर भत्कियो, राजमार्ग अवरुद्ध

बाजुरा : बुढीनन्दानगरपालिका ३ की एक महिलालाई खोलाले बगाउँदा बेपत्ता भएकी छन् । बेपत्ता हुनेमा सोही नगरपालिका ३ का मनबहादुर लुहारकी ३५ वर्षीया श्रीमती मोतीकला लुहार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिएका छन् ।  सोमबार बिहान धानको बेर्ना गोढ्न जाने क्रममा चिप्लिएर बड्डीगाड खोलाले बगाएपछि मोतीकला बेपत्ता भएकी हुन ।  

बेपत्ता महिलाको खोजीकार्य भइरहको प्रहरी निरीक्षक साउदले बताए। त्यसैगरी त्रिबेणी नगरपालिका ५ कम्नीमा एक ११ वर्षीय बालक बेपत्ता भएका छन्। लगाताको वर्षाका कारण गाउँनजिकैको भलखोला उर्लेर आएपछि हेर्न जाने क्रममा घुर्या बुढाका अन्दाजी १०/११ वर्षीय छोरा वेपत्ता भएको त्रिवेणी नगरपालिका प्रवक्ता प्रेम थापाले जानकारी दिए।

घटनास्थलमा प्रहरी टोली गएको छ । टेलिफोन अवरुद्धका कारण प्रहरी टोलीसमेत सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

यस्तै वर्षात् बुढीनन्दानगरपालिका ८ मा एक घर भत्किएको छ । स्थानीय खेमराज कठायतको घरको छानो भत्किएको प्रहरीले जानकारी दिएको छ ।  घर भत्किएको तर अन्य मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता धनदेव साउँदले जानकारी दिएका छन् ।  घटनास्थलमा प्रहरी पुगिसकेको र पीडित परिवारलाई नजिकै आफन्तकोमा व्यवस्थापन गरिएको प्रहरीले जानकारी दिएको छ । 

लगातारको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने मुख्य साफेमार्तडी राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्र्तगत बार्जुगाडी, ताँप्रीसेरा, बल्दे, द्धारी, तिपाडा लगाय तदर्जनौं ठाउँमा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनदेव साउँदले जानकारी दिए । 

बार्जुगाडा सडकमा पहिरो गएको छ। ताप्रीसेरामा बुढीगंगा नदीले सडक बगाएर सडक भएको ठाउँमा नदी बग्न थालेको छ । सडकमा नदी बग्न थालेपछि पदैल यात्रीलाई समेत एक घण्टाको उकालो चढेर  पैदलयात्रा गर्न वाध्य छन्। लगातार पानी परिरहेकाले सडक तत्काल खोल्न नसकिने सडक डिभिजनले जानकारी दिएको छ । 

त्यस्तै बाजुराको पूर्वी उत्तरी क्षेत्र जोड्ने कार्तडी कोल्टि सडक अवरुद्ध भएको छ । बाउली, अनाई, दानसागुलगायत खोलामा पानीको बहाव बढेको छ। सडक ठाउँ ठाउँमा भासिएकाले  अबरुद्ध भएको छ । सडक अवरुद्ध हुँदा जिल्ला सदरमुकाम तथा जिल्ला बाहिर जान समेत स्थानीयलाई समस्या भएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.