बाजुरामा जताततै बाढी र पहिरो : घाइतेहरुको उद्दारमा समस्या

बाजुरामा जताततै बाढी र पहिरो : घाइतेहरुको उद्दारमा समस्या

बाजुरा : बाजुरा जिल्लाको पूर्वी उत्तरी क्षेत्रको बुढीनन्दा नगरपालिका १ की १६ वर्षीया ललितागिरी पहिरोमा परी सक्त घाइते भएकी छिन्। उनको टाउकोमा गम्भीर चोट लागेको छ। उनी बेहोस अवस्थामा रहेको स्थानीय रबिन्द्र शाहीले जानकारी दिएका छन्।

उनी बिहीबार बिहान घाँस काट्न जाँदा रुपाशैनी भीरबाट खसेको पहिरोमा परी घाइते भएकी हुन्।  उनको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभएको बताइएको छ। उनको थपउपचारका लागि हेलिकोप्टरको लागि पहल भइरहेको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार प्रदेश सरकारसँग उद्धारको लागि पहल भइरको छ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीकाअनुसार घाइते बालिकाको उपचारको लागि प्रदेश सरकारलाई पत्रचार गरिसकेको र प्रदेश सरकारे पनि हेलिकोप्टर पठाउने तयारीमा रहेको छ। 

लगातारको वर्षाका कारण उद्धारमा समस्या भएको हो। मौसमामा सुधार हुने वित्तिकै घाइते किशोरीलाई उपचारको लागि नेपालगन्ज लगिने अधिकारीले बताए । जिल्लाका सबैजसो सडक अवरुद्ध छन् । उपचारको लागि जिल्ला सदरमुकाम तथा अन्य ठाउँ लैजान समस्या भएकाले हेलिकोप्टबाट उद्धारको लागि अनुरोध गर्नु परेको प्रमुख जिल्ला अधिकारी गोपालकुमारले बताए।

आइतबार दुईजना बेपत्ता भएका छन् । बुढीनन्दा नगरपालिका ३ लौठीरुखकी ३६ वर्षीया मोतिक लुहार र त्रिबेणी नगरपालिका ५ का १२ वर्षीया कमल बुढालाई खोलाले बगाउँदा बेपत्ता भएका हुन्। मोतिकको शव फेला परेपनि बुढाको फेला परेको छैन।  प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख मदनजीत महराले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.