दैलेखमा निरन्तर वर्षा, ६ घर भत्किए, ठाउँ-ठाउँमा पहिरो

दैलेखमा निरन्तर वर्षा, ६ घर भत्किए, ठाउँ-ठाउँमा पहिरो

दैलेख : लगातारको वर्षात‍्का कारण दैलेखमा ६ घर भत्किएका छन् । दुल्लु नगरपालिका ९ मा ६ वटा घर भत्किएको हो । दुल्लु नगरपालिका–९ का वडाध्यक्ष रणबहादुर बोहोराका अनुसार प्यादुरा गाउँ र धामीगाउँमा गरी ६ घर भत्किएका हुन् । प्यादुराका ३ वटा घर र धामीगाउँका ३ वटा घर भत्किएको वडाध्यक्ष बोहोराले जानकारी दिए । उनका अनुसार भत्किएका मध्ये दुईवटा घर पूर्णरुपमा क्षति भएको छ । 

‘अहिले आंशिक र पूर्णरुपमा क्षति भएका घरका परिवारका सदस्यलाई नजिकका आफन्तको घरमा राखिएको छ,’ वडाध्यक्ष बोहोराले भने ‘वर्षातका कारण घर भत्किँदा मानवीय क्षति भने भएको छैन् ।’ प्यादुरा गाउँका हिरा भण्डारी, उर्मिला विक र मन्दरा भुलको घर भत्किएको हो । तीन घरका १४ जना प्रभावित बनेका छन् । यस्तै धामीगाउँका खम्ब विक, झुपा कामी र रामसरा सार्कीको घर भत्किएको हो । यहाँका तीन घरका १२ जना प्रभावित भएको वडाध्यक्ष बोहोराले बताए । 

लगातारको वर्षातका कारण जिल्लाभर कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । ‘कर्णाली राजमार्गको ठाउँ–ठाउँमा पहिरो गइरहेको छ,’ अन्य सहायक सडकहरुमा पनि यातायातका साधन सञ्चालन हुन कठिन छ,’ डिएसपी अनुपम श्रेष्ठले भने । 

दैलेख सुर्खेत सडक खण्डअन्तरगर्त चुप्रामा हिलाम्य सडक । तस्बिर : हिक्मतबहादुर नेपाली

राजमार्गमा गएको पहिरोलाई पन्छ्याउँदै सडक सुचारु गरिएको डिएसपी श्रेष्ठले जानकारी दिए । त्यसबाहेक दैलेख सुर्खेत सडक खण्ड, निर्माणाधिन मध्यपहाडी राजमार्ग लगायतका स्थानीय तहको केन्द्र जोड्ने मुख्य सडक र सहायक सडकमा यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाभरका सर्वसाधरणलाई सतर्क रहन आग्रह गरेको छ । जल तथा मौषम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणको प्रक्षेपण अनुसार यस वर्षको मनसुन लामो अवधिसम्म रहने देखिन्छ । प्रशासनद्धारा जारी सूचनामा यस पर्ष धेरै वर्षात हुने र जसका कारण धनजनको ठूलो क्षति हुनसक्ने सम्भावना देखिएको उल्लेख छ । 

दैलेख जिल्लास्थित कर्णाली नदी, लोहोरे, छामघाट, रामाघाट, कट्टी, पादुका खोला लगायतका नदी र खोलामा पानीको बहाब बढ्न गई तटीय क्षेत्रमा बाढी आउन सक्ने र भिरालो ठाउँमा पहिरो जानसक्ने जोखिम रहेको प्रशासनले जनाएको छ । प्रशासनले तटिय क्षेत्र र भिरालो ठाउँमा बस्ने स्थानीयलाई सम्भावित विपद्को जोखिम न्यूनिकरणका लागि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.