‘कंगनाको घृणामा पीएचडी’

‘कंगनाको घृणामा पीएचडी’

मुम्बई : आफ्नो विवादित छविका कारण पछिल्लो समय चर्चामा रहेका कमाल आर खान (केआरके) ले बलिउड अभिनेत्री कंगना रनौटका बारेमा गरेको टिप्पणीले अहिले सिंगो बलिउड वृत्त तातेको छ। केही समयअघि अभिनेता सलमान खान र गायक मिका सिंहमाथि निशाना साँधेका केआरकेले अहिले अभिनेत्री कंगना रनौटको पासपोर्ट नवीकरणका विषयमा गरेको टिप्पणी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

उनले इन्टाग्राममा एक लामो भिडियो सेयर गर्दै कंगनाका विषयमा विभिन्न टिप्पणी गरेका हुन्। कंगना अभिनीत ‘क्विन’ चलचित्रमा रोएको विषय उठाउँदै केआरकेले उनको अभिनय क्षमतामाथि पनि प्रश्न उठाएका छन्। उनले कंगनाले चार नेसनल अवार्ड पनि ‘सेटिङ’मा पाएको आरोप लगाएका छन्।

इन्टाग्राममा सेयर गरेको ६ मिनेट लामो भिडियोमा केआरके त्यतिमा मात्र सीमित भएका छैनन्, उनले कंगनालाई १२ कक्षा फेल र घृणामा पीएचडी गरेको आरोप पनि लगाएका छन्। ‘झाँसीकी रानी, पद्मश्री अवार्ड विजेता र चार पटकको नेसनल अवार्ड विजेताको पासपोर्ट नवीकरण हुन सकेन’, केआरकेले भनेका छन्, ‘उनलाई पासपोर्ट नवीकरण गर्न किन अदालत जानुपर्‍यो ? पासपोर्ट त पासपोर्ट विभागले गर्ने हो, अदालतले होइन ?’ 

कंगना आफ्नो पासपोर्ट नवीकरण नभएपछि अदालतको शरणमा पुगेकी छन्। पासपोर्ट विभागले कंगनाको पासपोर्ट नवीकरण गर्न नमानेपछि उनी मम्बे हाई कोट पुगेकी हुन्। उनले आफ्नो पासपोर्ट नवीकरण गरिदिनका लागि पासपोर्ट विभागलाई निर्देशन दिन अदालतसँग माग गरेकी छन्। कंगनाको निवेदन उपर अदालतले जुन २५ मा सुनुवाइ गर्दैछ। 

एक चलचित्रको छायांकनका लागि कंगनालाई हंगेरीको बुडापेस्ट जानुपर्नेछ। कंगनाको पासपोर्टको समय सेप्टेम्बरमा सकिँदैछ। उनी गत मंगलबार त्यता जाने र २० अगस्टसम्म चलचित्र ‘धाकड’को सुटिङका लागि बुडोपेस्टमा रहने योजना थियो। यसैले, उनले पासपोर्ट नवीकरणका लागि अपिल गरेकी थिइन्। तर, कंगनाको नाममा बान्द्रा प्रहरी स्टेसनमा एफआईआर दर्ता छ। सोही, एफआईआरका कारण पासपोर्ट विभागले उनको पासपोर्ट नवीकरण गर्न अस्वीकार गरेको हो। 

बलिउड नायिका कंगना रनौटले गत वर्षदेखि चर्चासँगै विवादको घेरामा पनि पर्दै आएकी छन्। उनले दिएको बयानका कारण विवादमा पर्ने मात्र होइन, अनेकन समस्यामा पनि पर्दै आएकी छन्। गत वर्ष नायक सुशान्तसिंह राजपुतको निधन भएपछि कंगना विवादमा पर्दै आइरहेकी छन्। विवादकै कारण गत वर्ष बीएमसीले कंगनाको मुम्बईमा रहेको अफिस भत्काइदिएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.