कोभिडसँग हारेको जोडि

कोभिडसँग हारेको जोडि

चितवन : भरतपुरका एक दम्पती अठार दिनदेखिको कोभिडसँगको लडाईमा पराजित भएका छन् । कोभिड संक्रमणका कारण एकदिनको फरकमा श्रीमानश्रीमतीको निधन भएको हो ।  भरतपुर महानगरपालिका ३ बस्ने ७१ वर्षका भैरव कायस्थको असार पाँचगते बिहान पाँच बजे र उनकी श्रीमती कांग्रेस नेतृ विजया रेग्मी कायस्थको असार ६ गते बिहान चार बजे निधन भएको हो । 

४५ वर्षीया विजया नेपाल तरुण दलकी जिल्ला सदस्य हुन् । उनीहरु कोभिड संक्रमण भएपछि सुरुमा भरतपुरकै पुष्पाञ्जली अस्पतालमा गएका थिए । त्यहाँ चारदिन रहँदा अवस्था गम्भीर भएपछि चितवन मेडिकल कलेजमा भर्ना भएका थिए। 

कोभिडका कारण उनीहरुको फोक्सोमा गम्भीर समस्या देखिएको चितवन मेडिकल कलेजले जनाएको छ । कोभिड संक्रमण भएपछि अठार दिनदेखि मेडिकल कलेजको कोभिड आइसीयुमा थिए । 

मेडिकल कलेजका अप्रेसन म्यानेजर पारस अधिकारीले मेडिकल कलेज ल्याउँदा अक्सिजनको मात्रा निकै कम भएको बताए । फोक्सोमा निमोनिया भएपछि निधन भएको उनले बताए । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.