झमझम पानीमा शेरनीको प्रमोसन

झमझम पानीमा शेरनीको प्रमोसन

मुम्बई : बलिउड अभिनेत्री विद्या बालान नयाँ चलचित्र ‘शेरनी’को प्रमोसनमा निकै व्यस्त बनेकी छन्। कोरोना भाइरसको महामारीका कारण भारतमा हलहरू बन्द छन्। 

यस्तोमा विधा अभिनीत चलचित्र अमेजन प्राइमलगायत डिजिटल प्लेटफर्ममा रिलिज भएको छ। त्यही कारण पनि उनी प्रमोसनमा निकै व्यस्त रहने गरेकी छन्। हालै उनले झमझम पानीमा फिल्मको प्रमोसनका लागि फोटो सुट गरेकी थिइन्। फिल्म शेरनीमा विद्याले वन अधिकृतको भूमिका निर्वाह गरेकी छन्। उनले चलचित्रमा निर्वाह गरेको भूमिकालाई ‘म्यान भर्सेज वाइल्ड’का रूपमा चर्चा गरिएको छ। 

विद्याको भूमिका उनका प्रशंसकका लागि पनि सरप्राइज हुने विश्वास गरिएको हो। उनी यही चलचित्रमार्फत बलिउडमा कमब्याक पनि गर्न लागेकी छन्। लामो समयपछि चलचित्रमा फर्किंदा आफूलाई केही डर लागेको उनले बताउँदै आएकी छन्। 

यो चलचित्रको अधिकांश सुटिङ जंगलमा गरिएको छ। लामो समय जंगलमा बिताउँदा आफूलाई जंगली जनावरसँग निकै डर लागेको उनले बताएकी छन्। तर, लगातार जंगलमा सुटिङ गरिएका कारण जनावरसँग घुलमिल भएको र जंगली जनावरका बीचमा रहँदा छुट्टै आनन्द लाग्ने बताएकी छन्। 

यस फिल्ममा विद्या बालनसँगै बृजेन्द्र काला, विजय राज, नीरज कबी, शरत सक्सेनालगायतका कलाकारको अभिनय रहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.