चापाकोटको नीति तथा कार्यक्रम : हवाइ मैदान निर्माणदेखि कृषि र पर्यटन प्राथमिकता

चापाकोटको नीति तथा कार्यक्रम : हवाइ मैदान निर्माणदेखि कृषि र पर्यटन प्राथमिकता

स्याङजा : चालु आर्थिक वर्षमा चापाकोट नगरपालिकाले वडा नं. २ र ८ स्थित मच्चेडाँडामा हवाईमैदान बनाउन डीपीआर तयार पार्न नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। नगरपालिकाको ९ औं नगरसभामा नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नगरप्रमुख शिवकुमार गिरीले हवाईमैदान निर्माणका काम थालनीदेखि स्वास्थ्य, कृषि र पर्यटनलाई प्राथमिकतामा राखेको जनाए। 

वडा नं १, २ र ३ मा कागती खेती, ४ मा मेन्था र सीताके च्याउ, ५ मा सुन्तला, ६ र ७ मा केरा र ८, ९ र १० मा आलुको पकेट क्षेत्रको रुपमा विकास गर्ने नीति बनाइएको छ। नगरबासीलाई आलुमा आत्मनिर्भर बनाउने र सुन्तलीटारमा आलु भण्डारण/चिस्यान केन्द्र निर्माण गर्ने, सबै वडामा पशु आहार कार्यक्रम लागू गर्ने, किसानलाई गाईभैंसी पालनतर्फ आकर्षित बनाउन भैंसी ब्याएपछि किसानलाई नगद एक हजार प्रदान गर्ने गरी कार्यक्रम ल्याइएको छ।

नगरका अस्पताल तथा स्वास्थ्य चौकीमा सरकारी मापदण्ड अनुसारको औषधिको व्यवस्था, सामुदायिक स्वास्थ्य इकाइ पूर्वाधारको विकास, प्रत्येक वडामा वर्थिङ सेन्टर, चापाकोट र दार्शिङ अस्पताललाई एक/एक वटा एम्बुलेन्स, प्रत्येक वर्ष आवश्यकता अनुरुपका घुम्ति स्वास्थ्य शिविरहरु सञ्चालन गर्ने नीति अवलम्बन गरिएका छन्। 

पर्यटकीय तथा धार्मिकस्थलका संरक्षण र प्रवद्र्धन, पदमार्ग निर्माण, पुराना मठ मन्दिर संरक्षण गरी पर्यटन प्रवद्र्घनको लागि होमस्टेको स्थापना र सञ्चालन गर्ने नीति लिइएको छ। 

पर्यटन प्रर्वद्र्धनमा जोड दिने, रामडाँडालाई विशेष पर्यटन क्षेत्रको रुपमा विकासगरी पर्यटन गुरु योजनाको बनाउने, राधाकृष्ण मन्दिर, शिव मन्दिर मणिमुकुन्देश्वर लगायतका सबै धार्मिक स्थलहरुलाई समेटेर उत्तर गंगाधामको रुपमा विकास गर्ने, कालीगण्डकी नदीमा जल यातायात सेवा विस्तार गर्ने निती तथा कार्यक्रममा समावेश छन्।

यसैगरी, फोहोरमैला व्यवस्थापन केन्द्र, विकासे भौतिक पूर्वाधार निर्माण, कर्मचारी, दलित, महिला, अपांग, जनजातीका क्षमता अभिबृद्धी र जेष्ठ नागरिकका स्वास्थ्य उपचारका पक्षमा नीति तथा कार्यक्रममा उल्लेख छ।

मौलिकहक अन्र्तगत न्यूनतम आधारभूत आवश्यकता परिपूर्ती गर्दै कोरोना संक्रमणले सिर्जित संकटको सामना गर्दै कोरोना नियन्त्रणमुखी कार्यक्रम र नगरबासीको स्वास्थ्यका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति लिएको छ। 

पडाडी जिल्लाको तराई हो चापाकोट नगरपालिका। समथर, फराकिला र प्रर्याप्त पानी र सिंचाइका कारण यहाँ अन्न र फलफूल उत्पादन अत्यन्त राम्रो हुन्छ। धान, मकै र गहुँ, दाल, आप, लिचि, केरा, कटहर यहाँका मुख्य उत्पादन हुन। पछिल्लो समय मौसमी तथा बेमौसमी तरकारीतर्फ किसानको आकर्षण बढेको छ। दलहन र तेलहन खेती पनि राम्रो हुन्छ। खुल्ला र पाटा परेका ठूल्ठूला हरियाली फाँट र तीनै फाँटलाई कालीगण्डकी नदीले फेरो हालेर बगेको छ। केही बर्षअघि यही कालीगण्डकीमा जलयात्रा परिक्षण गर्दा सफलता मिलेको थियो। 

जसका कारण यहाँ कृषि तथा धार्मिक पर्यटकीय गन्तब्य बनाउन र स्वदेशी तथा विदेशी पर्यटक भित्रयाउने दीर्घकालिन योजना अनुरुप नगरपालिकाले हवाईमैदानको डीपीआर बनाउने काममा अग्रसरता देखाएको प्रमुख गिरीको भनाइ छ। 


    
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.