बलात्कारको आरोपमा पक्राउ

बलात्कारको आरोपमा पक्राउ

दैलेख : २३ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । गुराँस गाउँपालिका–३ का भद्रबहादुर बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । 

बुढाले ती युवतीलाई असार ६ गते आफ्नै घरको भान्सामा लगेर जबरजस्ती करणी गरेको पीडित परिवारले जनाएको छ । पीडित परिवारले मंगलबार प्रहरीमा जाहेरी दरखास्त दिएका थिए । 

ती युवती असार ६ गते गुराँस गाउँपालिका–३ सेरीवाडास्थित आफ्नो आफन्तले बनाएको नयाँ घरको घर पैँचोमा गएकी थिइन् । उनी सोहि दिन मामा घर जान लागेकी थिइन् । मामा घर जान लागेको मौका छोपी ती युवतीलाई भद्रबहादुरले मेरो घरमा सुत्न जाम भनेर हात समाती लतार्दै लगेको प्रहरीको प्रारम्भिक अनुसन्धानले खुलेको छ । मुख थुनेर चिच्याउन कराउन नदिइ भद्रबहादुरले ती युवतीलाई आफ्नै घरको भान्सामा लगेर जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । 

पीडित युवतीको आमाले दिएको जाहेरीका आधारमा भद्रबहादुरलाई पक्राउ गरिएको डीएसपी श्रेष्ठले बताए ।  पक्राउ परेका भद्रबहादुरलाई जबरजस्ती करणीसम्बन्धी कसुर मुद्दा दर्ता गरी दैलेख जिल्ला अदालतबाट पहिलो पटक १० दिनको म्याद थप गरी घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.